शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

द्विपक्षीय व्यावसायिक सम्बन्ध विस्तार गर्न सीएनआई र बीभीएमडब्ल्यूबीच समझदारी

images
बुधबार, माघ २४ २०८०
images
images
द्विपक्षीय व्यावसायिक सम्बन्ध विस्तार गर्न सीएनआई र बीभीएमडब्ल्यूबीच समझदारी

परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगहरूबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताए।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यावसायिक संघ (बीभीएमडब्ल्यू) बीच द्विपक्षीय व्यावसायिक सम्बन्ध एवं सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

images
images
images

यस सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ। समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गरे।

images

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगहरूबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताए। उनले नेपाल र जर्मन एसएमइज् बीचको सहकार्यले दुवै राष्ट्रको विकासमा टेवा पुऱ्याउने र समृद्धितर्फ डोऱ्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

images
images
images

कार्यक्रममा नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जले यस सहकार्यले व्यावसायिक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्ने बताए। उनले दुवै देशका साना तथा मझौला उद्योगहरूबीचको सहकार्यलाई बढावा दिन र सीमापार व्यापार सहज गर्न समेत यसले उल्लेख्य योगदान गर्ने बताए।

बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि थपलियाले यस समझदारीको उद्देश्य व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्ने, लगानी आकर्षित गर्ने र दुवै देशका लागि हित हुने संयुक्त उद्यमका अवसरहरू खोज्ने रहेको बताए।

कार्यक्रममा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपक राज जोशी, सीएनआई वमन लिडरसिप फोरम सदस्य रिता भण्डारीलगायत सहभागी थिए। 


प्रकाशित : बुधबार, माघ २४ २०८०१७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend