मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

गिरीबन्धु टि स्टेटको जग्गा सट्टाभर्ना गर्ने केपी ओली सरकारको निर्णय सर्वोच्चको संवैधानिक इजालासबाट बदर

images
बुधबार, माघ २४ २०८०
images
गिरीबन्धु टि स्टेटको जग्गा सट्टाभर्ना गर्ने केपी ओली सरकारको निर्णय सर्वोच्चको संवैधानिक इजालासबाट बदर

ओली सरकारले २०७८ बैशाख १३ गते गिरीबन्धु टि स्टेट प्रालिलाई ३ सय ४३ बिघाभन्दा बढी जग्गा सट्टाभर्ना गर्न दिने निर्णय गरेको थियो।

images
images

काठमाडौं- गिरीबन्धु टि स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजालासबाट बदर भएको छ।

images
images
images

ओली सरकारले २०७८ बैशाख १३ गते गिरीबन्धु टि स्टेट प्रालिलाई ३ सय ४३ बिघाभन्दा बढी जग्गा सट्टाभर्ना गर्न दिने निर्णय गरेको थियो।

images
images

उक्त निर्णय कानूनसम्मत नरहेको भन्दै भक्तराज भारती, ओमप्रकाश मिश्र र अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए। सोही विषयमा सर्वोच्चको संवैधानिक इजालासले उक्त निर्णय बदर गरेको हो।

images
images

प्रधानन्यायधीशसहितको पाँच सदस्यीय संवैधानिक इजालासले विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२(ग) लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सोबमोजिम भए गरिएका काम कारबाही समेत बदर हुने ठहर गरेको फैसला सुनाएको हो।

इजालसमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमा रहेका थिए।


प्रकाशित : बुधबार, माघ २४ २०८०१७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend