शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

अर्थमन्त्रीद्वारा भैरहवा भन्सारको निरीक्षण, राजस्वकाे लक्ष्य भेटाउनेगरी काम गर्न निर्देशन

images
बुधबार, माघ २४ २०८०
images
images
अर्थमन्त्रीद्वारा भैरहवा भन्सारको निरीक्षण, राजस्वकाे लक्ष्य भेटाउनेगरी काम गर्न निर्देशन

‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्योमात्र कारण हुन सक्दैन। त्यो कुरामा कर्मचारीले गम्भीर भएर ध्यान दिनुहोला। चोरी पैठारी राेक्न भन्सार नाकामा खटिने सबै तहबीच एक अर्काकाे राम्राे समन्वय हुनुपर्छ’, मन्त्री महतले भने।

images
images

भैरहवा- अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन्।

images
images
images

बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री महतले भने, 'राजस्वकाे लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहाेस्। प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईँहरु सन्तुष्ट हुनुपर्छ। मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ। जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन।’

images

भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिए। ‘कार्यरत कर्मचारीहरु एक वर्ष नभइ सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’, मन्त्री महतले भने, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन।’ 

images
images
images

अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै डा. महतले भने, ‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्योमात्र कारण हुन सक्दैन। त्यो कुरामा कर्मचारीले गम्भीर भएर ध्यान दिनुहोला। चोरी पैठारी राेक्न भन्सार नाकामा खटिने सबै तहबीच एक अर्काकाे राम्राे समन्वय हुनुपर्छ।’

जफत गरेको सामानको लिलामीका लागि पनि समयसीमा पहिले घोषणा गर्न, भन्सार र आन्तरिक राजश्वबीच समन्वय हुन जरुरी देखिएको मन्त्री महतले बताए। ‘जाँच पासका लागि प्राविधिक रुपमा के-के चाहिन्छ, के कुराले समस्या भएको छ, त्यसको रिर्पोट गर्न आग्रह गर्दै मन्त्री महतले भने, 'समस्याको सम्बोधन तुरुन्त हुन्छ।’


प्रकाशित : बुधबार, माघ २४ २०८०१७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend