काठमाडौं- एनसेलले विविध प्रयोजनका लागि भारत भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ प्याक सञ्चालनमा ल्याएको छ। यो प्याक सुरु गरी ग्राहकले सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्नेछन्
ग्राहकले करसहित १०० मा यो रोमिङ प्याक सुरु गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ। प्रतिदिन मात्र ३३ रूपैयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ। यतिमात्र नभइ प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा भारी छुट पाउनेछन्।
यो प्याक गएको शुक्रबार (माघ १९) बाट सञ्चालनमा आएको हो। यो प्याकले सीमावर्ती सहरहरू जस्तै वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, विराटनगर, जनकपुरलगायतका सहरहरुबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन एनसेलले जनाएको छ।
ग्राहकहरुले *१७१२९*५# डायल गरी यो प्याक लिन सक्छन्। त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि लिन सकिन्छ।
यो प्याक लिनेबितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ र ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउँछन्। साथै इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन्। यसको मतलब ग्राहकले कर सहित मात्र १६.४८ रूपैयाँमा प्रतिमिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन्। साथै पे एज यू गोको प्रतिएसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र करसहित ६.३४ रूपैयाँमा एसएमएस पठाउन सक्छन्।
एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाइको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन्।
यो रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकहरूका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्दछ। सबै भारतीय सेवा प्रदायकहरूसँग आफूले काम गर्ने भएकाले यो प्याकले विशेष गरी ग्राहकहरूलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन धेरै फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ।