शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

संघीय संसद्को अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

images
आइतबार, माघ २१ २०८०
images
images
संघीय संसद्को अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

प्रि बजेटका प्राथमिकता र सिद्धान्तमाथि पहिले छलफल गर्ने, त्यसमा आएका सुझावका आधारमा सदनमा बजेट प्रस्तुत गरिने सभामुखले बताए।

images
images

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले  राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताएका छन्। साथै उनले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको बताए।

images
images
images

भोलिदेखि हुने संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन तयारीबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले हिँउदे अधिवेशनलाई प्रभावकारी तुल्याउन नयाँ समयसारिणी बनाएर काम गर्ने अठोट गरिएको बताए।

सभामुख घिमिरेले भने, 'त्यो अठोटलाई कार्यान्वयन गर्न अहिले १५ दिनको समयसारिणी बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रयत्न हुनेछ। त्यसपछि पनि सोहीअनुसार नै जाऔँ भन्ने तयारीका साथ अघि बढ्ने सोच छ। बजेट प्रस्तुति अघिको छलफलका लागि कानूनी प्रबन्धसहित अध्यादेश आएको छ। त्यसअनुसार कार्यतालिका मिलाइने छ।'

images

उनले आफूहरुले दिएका सुझावलाई सरकारले सकारात्मक ढंगले लिएको बताए। सभामुखले भने, 'प्रि बजेटका प्राथमिकता र सिद्धान्तमाथि पहिले छलफल गर्ने, त्यसमा आएका सुझावका आधारमा सदनमा बजेट प्रस्तुत गरिने छ।'

images

संसद् अधिवेशनमा सरकारले विधेयकको कमी हुन नदिने जानकारी दिए। उनले भने, 'सदनलाई बिजनेस दिएर लक्ष्यअनुरुप  कानून निर्माण गर्न सवैको प्रयत्न हुनुपर्छ। निराशा होइन, आशा जगाउनेतर्फ शिक्षा लिएर अघि जानुपर्छ।'

हिउँदे अधिवेशन सञ्चालनका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। उनले भने, 'सभामुखबाट विधेयकबारे कानून, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ। नियमितरुपमा गर्नुपर्ने सबै काम पूरा भएका छन्।'

नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ। यस पटकदेखि अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जानुपर्छ भन्नेमा दुवै सभामा तयारी भएको छ।

तयारीका सन्दर्भमा हरेक १५-१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन गरिनेछ। यो हिँउदे अधिवेशनका लागि हाल संघीय संसद्‌मा २४ विधेयक छन् भने १६ वटा विषयगत समिति छन्। हाल १५ विधेयकमा समितिमा दफावार छलफल भइरहेको छ। रासस


प्रकाशित : आइतबार, माघ २१ २०८०१७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend