शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

घरजग्गा खरिद तथा प्राप्तिमा वाणिज्य बैंकहरूबीच नै प्रतिस्पर्धा, १९ बैंकको ७० अर्ब लगानी

images
आइतबार, माघ २१ २०८०
images
घरजग्गा खरिद तथा प्राप्तिमा वाणिज्य बैंकहरूबीच नै प्रतिस्पर्धा, १९ बैंकको ७० अर्ब लगानी

२० वाणिज्य बैंकमध्ये स्टाण्डर्ड चार्टर्ड बैंकको घरजग्गामा लगानी छैन। स्टाण्डर्ड चार्टर्ड बैंकको नेपालमा १३ वटा शाखा कार्यालय रहेकोमा सबै भाडामा सञ्चालन गरिरहेको छ।

images
images

काठमाडौं- गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ वाणिज्य बैंकहरूले घरजग्गा करिब ६९ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका छन्। जसमध्ये जग्गामा करिब ५९ अर्ब ६० करोड रुपैयाँ र भवनमा ११ अर्ब ६ करोड रुपैयाँ लगानी रहेको छ। 

images
images
images

२० वाणिज्य बैंकमध्ये स्टाण्डर्ड चार्टर्ड बैंकको घरजग्गामा लगानी छैन। स्टाण्डर्ड चार्टर्ड बैंकको नेपालमा १३ वटा शाखा कार्यालय रहेकोमा सबै भाडामा सञ्चालन गरिरहेको छ। बानेश्वरस्थित यस बैंकको मुख्य कार्यालय पनि भाडामा नै रहेको बैंकको दाबी छ। 

images
images

बैंकहरूले आफ्नो कार्यालय राख्ने प्रयोजनका लागि जग्गा र भवनमा लगानी गरेको बताउने गरेका छन्। घरजग्गामा भएको लगानीलाई अनउत्पादक मानिएपनि पछिल्लो समय बैंकहरूको यस क्षेत्रमा लगानी बढ्दै जानु चिन्ताको विषय हो। 

images
images

बैंकहरूको रिटेन अर्निङ घटेर पुँजीकोषमाथि दबाब बढिरहेको समयमा आफ्नै भवन निर्माण र जग्गा प्राप्तिमा लगानी बढ्नुले बैंकहरू आफ्नो कोर बैंकिङ क्षेत्रमा केन्द्रित हुनुको सट्टा नाफामुखी बन्दै गएको प्रस्ट हुन्छ।

पछिल्लो समय बैंकहरू डिजिटल बन्दै गइरहेको समयमा जग्गा खरिद गरेर आफ्नै भवन निर्माण गर्ने परिपाटीले बैंकहरूको लागत बढ्दै गएको छ। 

निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरूभन्दा जग्गाप्रति सरकारी बैंकहरूको मोह बढी देखिन्छ। जग्गामा सबैभन्दा बढी लगानी राष्ट्रिय वाणिज्य बैंकको रहेको छ।

सरकारको पूर्ण स्वामित्वमा सञ्चालित यस बैंकको जग्गामा करिब २६ अर्ब ८९ करोड रुपैयाँ लगानी रहेको छ। आर्थिक वर्ष २०७९ असार मसान्तसम्ममा बैंकको नाममा १८ करोड ८६ लाखको जग्गा भएको बैंकले उल्लेख गरेको भए पनि गत आर्थिक वर्ष जग्गाको पुनर्मूल्याङ्कन गरेर २६ अर्ब ८९ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ। यस बैंकको भवनमा करिब १ अर्ब ३७ करोड रुपैयाँ लगानी रहेको छ।

सरकारको ५१ प्रतिशत लगानी रहेको नेपाल बैंक लिमिटेड जग्गामा सबैभन्दा धेरै लगानी गर्ने बैंकको सूचीमा दोस्रो स्थानमा रहेको छ। नेपाल बैंक लिमिटेडको जग्गामा ११ अर्ब ८ करोड लगानी रहेको छ। यस बैंकको भवनमा ५५ करोड ८६ लाख रुपैयाँ लगानी रहेको छ।

तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंक जग्गामा ३ अर्ब ४१ करोड ३६ लाख र भवनमा ६३ करोड ८२ लाखको लगानी रहेको छ। बैंक अफ काठमाण्डूसँगको मर्जरबाट यस बैंकको नाममा ९६ अर्ब १७ करोड रुपैयाँ बराबरको जग्गा थपिएको छ।

यस्तै आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको जग्गामा ३ अर्ब २६ करोड रुपैयाँ लगानी रहेको छ। यस बैंकले भवनमा २४ लगानी गरेको छ।

यस्तै नबिल बैंकको जग्गामा १ अर्ब ९७ करोड रुपैयाँ लगानी रहेको छ। जसमध्ये बैंकले गत वर्ष ४१ करोड २३ लाख २६ हजार पुनर्मूल्याङ्कन र जग्गामा प्राप्तिमार्फत १ अर्ब ४ करोड रुपैयाँ थपेको हो। यस बैंकको भवनमा ३४ करोड ३ लाख रुपैयाँ लगानी रहेको छ।

सिटिजन्स इन्टरनेशनल बैंकको जग्गामा १ अर्ब ६७ करोड र भवनमा ४५ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ। यस बैंकले २०७८ सालमा ६९ लाख बराबरको जग्गा प्राप्ति गरेको थियो भने ४३ करोड ५० लाख रुपैयाँ बराबरको पुनर्मूल्यांकन गरेर जग्गाको मूल्य बढाएको छ।

लक्ष्मी सनराइज बैंकको आर्थिक वर्ष २०७८/७९ मा ८३ करोड २५ लाख रुपैयाँ बराबरको जग्गामा लगानी रहेकोमा गत आर्थिक वर्षको अन्त्यसम्ममा बढेर १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। यस्तै यस बैंकको गत आर्थिक वर्षको अन्त्यसम्ममा ३९ करोड ५० लाख रुपैयाँ बराबर भवनमा लगानी छ। 

लक्ष्मी बैंक सनराइज बैंकसँग गाभिएकाले सनराइज बैंकबाट करिब ५९ करोड २४ लाख रुपैयाँको जग्गा थप भएको देखिन्छ। गत आर्थिक वर्ष यस बैंकले २७ करोड ७२ लाख रुपैयाँ बराबरको जग्गा थप गरेको थियो। 

हिमालयन बैंकको जग्गामा १ अर्ब ३२ करोड लगानी रहेको छ। यस बैंकले भवनमा ५१ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ। 

प्रभु बैंकको आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा जग्गामा करिब ६५ करोड र भवनमा १ अर्ब ९५ करोड रुपैयाँको लगानी रहेको देखिन्छ।
 
यस्तै एभरेष्ट बैंकको जग्गामा १ अर्ब ९३ करोड रुपैयाँ लगानी रहेको छ। गत वर्ष यस बैंकले करिब १ करोड ५९ लाख रुपैयाँ बराबरको जग्गा बिक्री गरेको छ। यस बैंकको गत वर्षसम्ममा भवन २५ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ।

कुमारी बैंकको जग्गामा लगानी दोबरले बढेको छ। आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा यस बैंकको जग्गामा करिब ७५ करोड रुपैयाँ लगानी रहेको थियो। तर गत आर्थिक वर्ष जग्गाको मूल्य पुँजीकरण गरेसँगै यस बैंकको जग्गामा लगानी १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

२०७९ असार मसान्तसम्ममा यस बैंकको जग्गामा २८ करोड १७ लाख रुपैयाँ लगानी रहेको थियो। यस बैंकको नाममा १८ करोड रुपैयाँ बराबरको भवनसमेत रहेको छ। 

माछापुच्छ्रे बैंकको जग्गामा सबैभन्दा कम २६ करोड ७३ लाख रुपैयाँ लगानी रहेको छ। २०७८ साल यता यस बैंकले जग्गा प्राप्ति वा पुनर्मूल्याङ्कन गरेको छैन। यस बैंकको २५ करोड ७१ लाख रुपैयाँ भवनमा लगानी रहेको छ।

नेपाल एसबिआई बैंकको जग्गामा २५ करोड ९१ लाख रुपैयाँ र करिब ७० करोड रुपैयाँ भवनमा लगानी रहेको छ।

सानिमा बैंक जग्गामा कम लगानी गर्ने बैंकहरूमध्ये एक हो। यस बैंकले २०८० असार मसान्तसम्ममा ४२ करोड ९३ लाख रुपैयाँ जग्गामा र १२ करोड ५० लाख रुपैयाँ भवनमा लगानी गरेको छ।

IMG-20240202-WA0010.jpg

यस्तै प्राइम कमर्सियल बैंकको जग्गामा ५३ करोड ७४ लाख रुपैयाँ र भवनमा २२ करोड ५२ लाख रुपैयाँ लगानी रहेको छ।

एनआईसी एसिया बैंकले जग्गामा ६८ करोड ३७ लाख र भवनमा २० करोड ४१ रुपैयाँ लगानी गरेको छ। एनएमबि बैंकको जग्गामा ८३ कोरोड ३१ लाख ५२ हजार रुपैयाँ र भवनमा १ अर्ब २३ करोड रुपैयाँ लगानी रहेको छ। 

सिद्धार्थ बैंकको पनि जग्गामा ३६ करोड २७ लाख रुपैयाँ मात्रै लगानी रहेको छ। यस बैंकले भवनमा भने ७८ करोड रुपैयाँ लगानी गरेको छ। 

कृषि विकास बैंकले पनि आर्थिक वर्ष २०७८/७९ सम्ममा जग्गामा १४ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ। 

यस बैंकले हालसम्म जग्गाको पुनर्मूल्याङ्कन गरेको छैन। पुनर्मूल्याङ्कन गर्दा यस बैंकको जग्गामा रहेको लगानी बढ्ने देखिन्छ। यस्तै कृषि विकास बैंकको भवनमा लगानी ६३ करोड ६५ लाख रुपैयाँ लगानी रहेको छ। 

IMG-20240202-WA0004.jpg

अहिलेसम्म प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र कृषि विकास बैंकले गत आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक नगरेकाले घरजग्गामा लगानीको कुल अंक फरक पर्ने देखिन्छ। 

कृषि विकास बैंकले आफ्नो जग्गाको पुनर्मूल्याङ्कन गरेमा घरजग्गामा रहेको लगानी बढ्ने देखिन्छ। यस्तै प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गरेकाले यस बैंकको पनि जग्गामा भएको लगानी बढ्ने देखिन्छ।


प्रकाशित : आइतबार, माघ २१ २०८००७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend