शुक्रबार, जेठ ४ गते २०८१    
images
images

लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक, पाँच वर्षमा १० अर्ब डलर लगानी ल्याउने लक्ष्य

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
images
images
लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक, पाँच वर्षमा १० अर्ब डलर लगानी ल्याउने लक्ष्य

प्रधानमन्त्री एवं लगानी बाेर्डका अध्यक्ष शेरबहादुर देउवाले लगानी बोर्डको दशौं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पाँच वर्षे व्यावसायिक योजना २०७८-८२ सहितको उक्त रणनीतिक योजना सार्वजनिक गरेका हुन्।

images
images

काठमाडौं- पाँच वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य सहित तयार भएको लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक गरिएको छ।

images
images
images

प्रधानमन्त्री एवं लगानी बाेर्डका अध्यक्ष शेरबहादुर देउवाले लगानी बोर्डको दशौं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पाँच वर्षे व्यावसायिक योजना २०७८-८२ सहितको उक्त रणनीतिक योजना सार्वजनिक गरेका हुन्।

images

रणनीतिक योजनाले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजनाको व्यवस्थापन गर्ने लक्ष्य लिएको छ।

images
images

याे अवधिमा कम्तीमा १ लाख रोजगारी सृजना गर्न सहयोग पुर्याउने, प्रभावकारी लगानी प्रवर्द्धनबाट लगानीको वातावरण सुधार गर्न योगदान पुर्याउने तथा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने पाँचवटा मूल लक्ष्य लिएको छ।

images
images

उक्त रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चार खम्बे योजना सहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच बाेर्डले राखेकाे छ।

कार्यक्रममा लगानी बोर्डको कार्यालयले तयार गरेको नेपाल इन्भेष्टमेन्ट गाइड २०२१ तथा कफी टेवल बुकु समेत सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री देउवाले सन् २०३० सम्ममा नेपाल उच्च मध्यम आय भएको मुलुकको रुपमा स्तरोन्नति हुँदै दिगो विकास लक्ष्यहरु हासिल गर्ने योजना सहित अगाडि बढेकोले यसका लागि पूर्वाधारमा उल्लेख्य लगानी आवश्यक रहेको बताए।

‘दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि कुल वार्षिक औषत ५ खर्ब ५८ अर्ब लगानी अपुग हुने देखिन्छ। कोरोना महामारीका कारण विभिन्न देशहरु आफै लगानी भित्र्याउने प्रयास गरिरहेको अवस्थामा हामीले लगानी आकर्षित गर्ने काम सजिलो छैन, तैपनि हामी निकै आशावादी छौं,’ प्रधानमन्त्री देउवाले भने ।

देउवाले निजी लगानी प्रोत्साहनका लागि विभिन्न कानूनी प्रवन्ध गरी लागू गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै कोभिड महामारी भन्दा अघि लगातार तीन वर्षसम्म नेपालले ६ प्रतिशतभन्दा बढीको औषत आर्थिक वृद्धि हासिल गरेको सन्दर्भमा कोभिड महामारी पछि पनि यस्तै उल्लेखनीय वृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

सार्वजनिक निजी र सहकारी क्षेत्रको विकास र आपसी सहकार्यबाट मात्र देशमा आर्थिक वृद्धि र विकास सम्भव भएको यथार्थ प्रति देशका सबै प्रमुख दलहरुको विश्वास रहेको उल्लेख गर्दै देउवाले देशको प्राथमिकताका क्षेत्रमा निजी लगानी आवश्यक रहेको बताए ।

उनले नेपालमा ठूला पूर्वाधार परियोजनामा लगानी आकर्षण गर्दै सार्वजनिक निजी साझेदारीलाई व्यवस्थित गर्न उच्च स्तरीय अधिकार सम्पन्न निकायको रुपमा स्थापना भएको लगानी बोर्डले सरकार र निजी क्षेत्रबीचको सम्पर्क सेतुका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने आशा व्यक्त गरे।

अर्थमन्त्री जनार्दन शर्माले देशमा निजी लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारको प्रतिवद्धता व्यक्त गरे। नेपालमा आर्थिक समृदिका लागि आधार तयार भएको बताउँदै आगामी १० वर्षमा सरकारले लिएका लक्ष्य र आकांक्षाहरु पुरा गर्नको लागि सार्वजनिक निजी साझेदारीमा जनताको सहभागिता समेत जोडेर ठूला पूर्वधार परियोजनामा लगानी वृदि गर्नुपर्नेमा जोड दिए।

लगानी भनेको केवल पैसामात्र नभइ समय पनि भएकोले समयमा नै परियोजनाहरु कार्यान्वयन हुने वातावरण निर्माण गर्न सरकार कटिवद्ध रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानी बोर्डले नेतृत्वदायी भुमिका खेलिरहेको बताए।


प्रकाशित : बुधबार, भदौ २३ २०७८०७:४३
  • सम्बन्धित विषय:

  • # लगानी बोर्ड
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend