आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

images
बिहीबार , माघ १८ २०८०
images
images
तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- यो साता लगातार चौथो दिन पनि सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेर त्यसयता निरन्तर बढेको सुनको मूल्य बिहीबार पनि प्रतितोला पाँचसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार दुईसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय ५० रूपैयाँ कायम छ। 

images
images

बुधबार स्थिर रहेको चाँदीको मूल्य भने बिहीबार तोलामा १० रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला एक हजार चारसय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

images
images
images


प्रकाशित : बिहीबार , माघ १८ २०८०११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend