मंगलबार, असोज १ गते २०८१    
images
images

एमजी जेडएस ईभीमा ‘सिस्टमिक एरर’का कारण आगो लागेको होइन : एसएआईसी

images
सोमबार, माघ १५ २०८०
images
images
एमजी जेडएस ईभीमा ‘सिस्टमिक एरर’का कारण आगो लागेको होइन : एसएआईसी

एसएआईसीले गरेको प्राविधिक अध्ययनबाट गाडीको हाइ भोल्टेज ब्याट्रीमा कुनै समस्या नदेखिएको उल्लेख गरेको छ। उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदनसमेत पारामाउन्टलाई उपलब्ध गराएको छ।

images
images

काठमाडौं- एमजीको जेड एस ईभीमा भएको आगोलागी गाडीको ‘सिस्टमिक एरर’का कारण नभएको देखिएको छ। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी उत्पादक एसएआईसीमार्फत आगोलागीबारे अध्ययन गराएको थियो। 

images
images
images

एसएआईसीले गरेको प्राविधिक अध्ययनबाट गाडीको हाइ भोल्टेज ब्याट्रीमा कुनै समस्या नदेखिएको उल्लेख गरेको छ। उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदनसमेत पारामाउन्टलाई उपलब्ध गराएको छ। 

उत्पादक कम्पनीले गरेको प्राविधिक विश्लेषण तथा अध्ययनपश्चात् उक्त आगलागि भएको गाडीमा आगो अगाडिबाट पछाडितर्फ बलेको, अइल लिकेज र मेकानिकल फेलियर नभएको, उक्त समयमा गाडी पार्क गरी चार्जमा राखिएको अवस्थामा गाडी भित्रबाट आगलागी हुनको लागि हाइ हिट टेम्प्रेचर सोर्स नभएको, विद्युतीय प्रवाह फेलबाट आगलागी भएको नदेखिएको, गाडीमा एवनर्मल बर्न र सर्टसर्किट नदेखिएको, गाडीको हाइ भोल्टेज ब्याट्रीमा आगोको कुनै प्रभाव नरहेको, गाडीमा क्वालिटी डिफेक्ट नदेखिएको व्यहोराको प्राविधिक प्रतिवेदन उत्पादन कम्पनीले दिएको छ। 

यस कम्पनीको डिलरमार्फत बिक्री भएको सवारी मध्ये दर्ता नं बागमती प्रदेश ०१-०२७ च १५८१ नम्बरको एमजी जेडएस ईभी पुस ९ गते काठमाडौं देउवाचोकमा आगलागी भइ नष्ट भएको घटनालाई लिएर उक्त गाडीको ब्राण्ड र यस कम्पनीको समेत नाम उल्लेख गरी भइरहेको टिकाटिप्पणीप्रति कम्पनीलाई गम्भीर ध्यानाकर्षण भइ पुस १८ मा विज्ञप्ती जारी तत्कालीन अवस्थामा भए/पाएको विवरण सबैको जानकारी गराएको थियो। 

images

उक्त घटनाको सम्बन्धमा घटना भएको दिन तत्काल यस कम्पनीका प्राविधिक कर्मचारीसमेतको टोली स्थलगतरुपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र उक्त प्रभागको पत्र व्यहोरासमेतमा भएको विवरणअनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार सर्ट भइ आगो लागेर पूर्णरुपमा जलेको प्रारम्भिक रुपमा देखिएको थियो। 

उक्त गाडीमा आगलागी भएको एक महिना बितिसक्दा पनि कम्पनीले क्षतिपूर्ति नदिएको र ग्राहकलाई यस कम्पनीले एक साताभित्र क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको भनि उल्लेख भएकोमा एकातर्फ सम्बन्धित ग्राहकले यस कम्पनीलाई आजको मितिसम्म क्षतिपूर्ति प्राप्त गर्न कुनै पनि अनुरोध नगरेको र अर्को तर्फ यस कम्पनीको आधिकारीक व्यक्तिबाट क्षतिपूर्ति दिने सम्बन्धमा कुनै पनि प्रतिबद्धता व्यक्त नगरिएको कम्पनीले जनाएको छ। 

गाडीधनी स्वयमले नै तत्कालीन अवस्थामा प्रहरीलाई खबर गर्दा नै विद्युतको तार सट भइ आगलागी भएको भनी फोन मार्फत टिपाएको र सोही बमोजिम चार्जमा राख्दा विद्युतको तार सट भइ आगलागी भएको भन्ने व्यहोराको स्थानीय प्रहरीको स्थलगत सर्जिमिन भएको छ भने उक्त घटना पश्चात यस कम्पनीको प्राविधिक कर्मचारीले गरेको अवलोकनको क्रममा उक्त गाडीका गाडीधनीले हिउँदे सीत परि भुइ ओसिलो हुने मौसमको बखत उक्त गाडीलाई रातभरी घरबाट करिब पन्ध्र मिटर तार तानी खुल्ला आकाशमुनि पावर सकेट राखी चार्ज गरिएको थियो।

उक्त गाडी चार्ज गर्दा प्रयोग गर्नुपर्ने मापदण्ड अनुसारको तार, पावर सकेटसमेत प्रयोग गरेको नदेखिनुको साथै गाडी पार्किङमा राख्दा बन्द अवस्थामा रहेको, विद्युत/आगोको श्रोतको रुपमा कुनै पनि आन्तरिक यन्त्र नदेखिएको, गाडीको हाइ भोल्टेज ब्याट्रीमा आगोको कुनै प्रभाव नरहेको तर आगोको कारण क्षति पुगेको र गाडीधनीले चार्ज गर्नलाई तानेको तारमा जोडेको सकेट र चार्जर जलेर पूर्णतः नष्ट भएको समेत वस्तुस्थिति देखिएको कम्पनीले जनाएको छ। 

‘उक्त सवारी धनीले एकातर्फ बीमा दाबीको प्रक्रिया अवलम्बन गर्नु भएको हुँदा प्रचलित कानून बमोजिम बीमा वापतको रकम भुक्तानीको प्रक्रियाको थालनी गरेपश्चात यस कम्पनीलाई कुनै दाबी नै नगरिएको क्षतिपूर्ति पाइन भनी यस कम्पनीको विरुद्धमा भएको अनर्गल प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ पारामाउन्ट मोटर्सले भनेको छ, ‘साथै गाडी ग्राहकको एकातर्फ बीमा दाबी गर्ने र अर्कोतर्फ क्षतिपूर्तिसमेत दाबी गर्ने भनिएको कार्य आफैमा नैतीकता र कानून विपरीत रहने कुरामा विवाद रहँदैन।’ 

अतः यस कम्पनी नेपाल सरकारको विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने राष्ट्रिय नीतिको कार्यान्वयनमा क्रियाशील हुनुको साथै यस कम्पनीले आयात गर्ने हरेक गाडीको सुरक्षा र गुणस्तरको सम्बन्धमा उच्चतम संवेदनशील भइ सम्पूर्ण ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिइरहेको र बीमा प्रक्रियामा ग्राहकलाई पूर्णतः सहकार्य गरिरहेको समेत सम्पूर्ण सरोकारवालाहरुलाई विज्ञप्तिमार्फत  ‍जानकारी गराएको छ। 


प्रकाशित : सोमबार, माघ १५ २०८०१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend