शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

बन्द भएको ७३ वर्षसम्म पनि फलाम खानी सञ्चालनको भएन पहल, उत्खननमा स्थानीयको जोड

images
सोमबार, माघ १५ २०८०
images
images
बन्द भएको ७३ वर्षसम्म पनि फलाम खानी सञ्चालनको भएन पहल, उत्खननमा स्थानीयको जोड

कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको थियो। फलामखानीमा दुई किमी लम्बाइमा खानी फैलिएको छ। पटकपटक फलाम खानीको उत्खननको मागगर्दा कतैबाट तदारुकता नदेखाएपछि स्थानीय निराश भएका छन्।

images
images

पर्वत- पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका-६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन्। बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ।

images
images
images

विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौंको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन अनुसन्धान मात्रै गरेर फर्किएको थियो। भूगर्भविद्ले ईआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी) का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको थियो।

images

कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको थियो। फलामखानीमा दुई किमी लम्बाइमा खानी फैलिएको छ। पटकपटक फलाम खानीको उत्खननको माग गर्दा कतैबाट तदारुकता नदेखाएपछि स्थानीय निराश भएका हुन्।

images
images
images

कहिले केन्द्र सरकार त कहिले प्रदेश सरकारसँग उत्खननको माग गरे पनि नीति तथा कार्यक्रममा चर्चा हुने तर बजेट विनियोजन नहुने समस्या भएको स्थानीय युवा जीवनविक्रम उच्चैले बताए। धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ गते सम्झौता पनि भएको थियो।

उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले नै अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको महाशिला वडा नं ६ का वडाध्यक्ष गोविन्दबहादुर विकले बताए। उक्त फलाम खानी सदरमुकाम कुश्मा बजारबाट ४० किमी टाढा छ। महाशिलाको वडा नं ५ लुङ्खुदेउराली र वडा नं ६ फलाम खानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयले माग गर्दै आएका छन्।

पछिल्लो समय गाउँपालिकाले खानी सञ्चालनका लागि चासो देखाएको छ। आजभन्दा ७३ वर्ष पहिला स्थानीयले उत्खनन गरेको फलामका सामग्री विसं २०४० सम्म पनि किन्न र देख्न पाइएको स्थानीय बताउँछन्। यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको पाका पुस्ताको भनाइ छ। खानीबाट निकालेको फलाम सिधै तताएर आवश्यक सामग्री बनाउन सकिने भए पनि पछि कोइलाको अभावमा उत्खनन गर्न छाडेको स्थानीय प्रेमबहादुर सुनारले जानकारी दिए।

उतिबेला यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा, स्याङ्जाका विभिन्न गाउँमा बिक्री हुन्थे। आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलामा निर्माण भएका पुलमा समेत यहीँको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो। मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ।

यहीँको फलाम निकालेर बिक्री गरेर अहिलेभन्दा पाँच दशकअघिसम्म फलाम खानीका करिब चारसय परिवारको रोजीरोटी चलेको थियो। गाउँभरि फलामको खानी भएकैले यो गाउँको नामै फलाम खानी राखिएको वडाध्यक्ष विकले बताए।

फलाम खानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना पहिले फलामको खानीमै बास बस्ने गरेको वडाध्यक्ष विकको भनाइ छ। यहाँको फलामखानी उत्खनन हुने हो भने मुलुककै आर्थिक अवस्था सुधारमा फाइदा पुग्नुका साथै सयौँ युवायुवतीले रोजगारीको अवसर पाउने उनी बताउँछन्।

घरदैलोमा भएको फलामको खानी उत्खनन गर्न नसकेर आयातित फलाम प्रयोग गर्नुपरेको स्थानीय बलबहादुर क्षेत्रीले बताए। तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० मा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयास गरेको भए पनि सम्भव नभएको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, माघ १५ २०८०१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend