काठमाडौं- यो साता आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार तीनसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँ कायम छ।
चाँदी आज प्रतितोला एक हजार चारसय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।