शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

खसीबोका बिक्रीबाट वार्षिक दुई अर्बभन्दा बढी आम्दानी गर्छन् गुल्मीका किसान

images
सोमबार, माघ १५ २०८०
images
images
खसीबोका बिक्रीबाट वार्षिक दुई अर्बभन्दा बढी आम्दानी गर्छन् गुल्मीका किसान

जिल्लाको रुरुक्षेत्र, सत्यवती, मदाने र धुर्कोट गाउँपालिकामा सबैभन्दा बढी बाख्रापालन गरिँदै आएको छ। जिल्लाबाहिर निर्यात भएका खसी, बोकाबाट वार्षिक ९८ करोड रूपैयाँ जिल्ला भित्रने गरेको बताइएको छ।

images
images

गुल्मी- गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन्। बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन्।

images
images
images

अन्य व्यवसायको तुलनामा बाख्राबाट छोटो समयमै प्रशस्त आम्दानी लिन पाइने र भनेको बेलामा सजिलैसँग बिक्री गर्न सकिने भएका कारण किसानको रुचि बाख्रापालनमा बढेको हो।

images

यस जिल्लाका किसान खसी, बोका बिक्रीबाट वार्षिक दुई अर्ब ५५ करोडभन्दा बढी आम्दानी गर्ने गर्दछन्।

images
images
images

यहाँको खसी, बोका बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको छ। जिल्लाका प्रत्येक पालिकाहरुबाट वार्षिकरुपमा ४६ हजार खसी, बोका जिल्लाबाहिर निर्यात हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीका पशु विकास अधिकृत हुमाकान्त पाण्डेयले जानकारी दिएका छन्। उनका अनुसार जिल्लाबाहिर निर्यात भएका खसी, बोकाबाट वार्षिक ९८ करोड रूपैयाँ जिल्ला भित्रने गरेको बताइएको छ।

जिल्लाको रुरुक्षेत्र, सत्यवती, मदाने र धुर्कोट गाउँपालिकामा सबैभन्दा बढी बाख्रापालन गरिँदै आएको छ। यस क्षेत्रमा उत्पादन भएका पाँच हजार जति बोका बीउका लागि बाहिर निर्यात हुँदै आएको छ। जिल्लामा वार्षिकरुपमा एक लाख २० हजार खसी, बोका बिक्री हुँदै आएको कार्यालयले जनाएको छ। उक्त खसी, बोकाबाट जिल्लामा वार्षिक एक हजार एक सय ६३ मेट्रिकटन मासु उत्पादन हुने गर्दछ।

जिल्लामा जमुनापारि क्रस र बोयर क्रस जातका बाख्राहरु उत्पादन गरिँदै आएको छ। गत आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका चार सय १६ बाख्रा फार्मबाट रु दुई लाख पाँच हजार सात सय ७७ बाख्रा उत्पादन भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीले बाख्रापालनका लागि किसान र तिनका समूहलाई खोर निर्माण, बीउ, औषधि उपचार, खोप, मेसेनरी सामग्री खरिदलगायत क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएकोे पशु सेवाविज्ञ केन्द्र प्रमुख पाण्डेयले बताए।

जिल्लामा किसानले बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आए पनि पछिल्लो समयमा भने व्यावसायिक किसानको सङ्ख्या भने घट्दै जान थालेको छ। युवा जनशक्ति बाहिर पलायन हुँदै जाने, अनुदान पाउने आशमा मात्र व्यवसाय सञ्चालन गर्ने, घाँसको अभाव हुने र काम गर्ने जनशक्ति पर्याप्त नभेटिने समस्याका कारण किसानले सोचेजस्तो प्रतिफल पाउन नसकेको बताइएको छ। रासस


प्रकाशित : सोमबार, माघ १५ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend