मंगलबार, असोज १ गते २०८१    
images
images

तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

images
बिहीबार , माघ ११ २०८०
images
images
तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बिहीबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको छ।

images
images

काठमाडौं- लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ। यो साता आइतबार तोलामा चारसय रूपैयाँले बढेर त्यसयता निरन्तर स्थिर रहेको सुनको मूल्य बिहीबार प्रतितोला चारसय रूपैयाँले घटेको हो।

images
images
images

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रूपैयाँ तोकिएको छ भने छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चारसय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने आज पनि बढेको छ। महासंघका अनुसार बुधबार तोलामा १० रूपैयाँले बढेको चाँदीको मूल्य बिहीबार प्रतितोला २० रूपैयाँले बढेको हो। चाँदी आज प्रतितोला एक हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , माघ ११ २०८०११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend