शनिबार, साउन १२ गते २०८१    
images
images
images

मध्य एसियासँग नेपालको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन वरुण चौधरी सक्रिय

images
बुधबार, माघ १० २०८०
images
images
मध्य एसियासँग नेपालको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन वरुण चौधरी सक्रिय
images

काठमाडौं- उद्योगपति तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी नेपाल र मध्य एसियाबीचको कुटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ बनाउन सक्रिय बनेका छन्।

images
images

नेपालमा काजकिस्तानका अवैतनिक वाणिज्यदूत पनि रहेका प्रबन्ध निर्देशक चौधरी र नेपालसमेत हेर्ने भारतका लागि काजकिस्तानका राजदूत नुरलान झाल्गासबायेभबीच जनवरी १३ र १६ बीचमा काठमाडौंमा भेटवार्ता भएको छ।

images

चौधरीको निमन्त्रणामा झाल्गासबायेभले नेपाल भ्रमण गरेका थिए। उनको भ्रमण मुख्यत: द्विपक्षीय र बहुपक्षीय राजनीतिक सहयोगको वरिपरि केन्द्रित थियो।

यसैबीच काजकिस्तानका राजदूत झाल्गासबायेभले चौधरीको पहलमा परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका छन्।

images

चौधरीको प्रयासले कजाकिस्तान र नेपालका परराष्ट्र मन्त्रालयहरूबीचको राजनीतिक परामर्शको स्थापनालाई समेटेर विस्तृत द्विपक्षीय सम्झौताको मस्यौदा तयार गर्ने निर्णयसमेत भएको छ।

चौधरीको पहलमा काजाकिस्तानमा कुटनीतिक, अध्ययन, रोजगारी, पर्यटन र अन्य उद्देश्यहरू खोज्ने, राहदानी धारकहरूलाई भिसा छुटका प्रावधानहरू पनि समावेश गरिएको थियो।

दुवै देशले व्यापार, संरक्षण र द्विपक्षीय लगानी प्रवर्द्धनमा केन्द्रित सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना खोजि भइरहेको छ। काजकिस्तान दूतावासले आफ्नो वेबसाइटमार्फत जलविद्युत्, कृषि, सूचना प्रविधि र विद्युतीय सरकारी सेवाहरू जस्ता नेपालको विकासका लागि महत्वपूर्ण विभिन्न क्षेत्रहरूमा सहकार्य गर्न साझा प्रतिबद्धता जनाएको छ।

प्रबन्ध निर्देशक चौधरीले दुई देशबीचको सहकार्यबाट धेरै क्षेत्रमा लाभ मिल्ने आशा व्यक्त गरेका छन्। उनले व्यापार, अर्थतन्त्र, यातायात, सञ्चार र दोहोरो कर छुटलगायत द्विपक्षीय लगानी प्रवद्र्धन जस्ता विभिन्न क्षेत्रहरूसँग सम्बन्धित चुनौतीहरू सम्बोधन गर्न सामूहिक प्रयासको महत्त्वलाई जोड दिएका छन्।


प्रकाशित : बुधबार, माघ १० २०८०१५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend