सेयर बजारमा अगाडि के हुन्छ भनेर पहिल्यै भन्न त सकिँदैन। कुनै पनि क्षेत्रमा सकारात्मक असर पर्ने कि नकारात्मक असर पर्ने भन्ने विषय त्यो क्षेत्रसँग जोडिने नियामक तथा प्रत्यक्ष सरोकार राख्ने निकायको भूमिका हुन्छ।
सकारात्मक रुपमा लिने हो भने सकारात्मक प्रभाव पर्छ। नकारात्मक रुपमा लिने हो भने नकारात्मक असर पर्ने हो।
पछिल्लो सयममा नियामक निकाय तथा सेयर बजारसँग प्रत्यक्ष रुपमा जोडिने निकाय अर्थ मन्त्रालय तथा राष्ट्र बैंक जस्ता निकायहरूले पुँजी बजारलाई जसरी हर्नेु भएको छ त्यसमा बजारमैत्री छैन। त्यसको मनोवैज्ञानिक असर बजारमा देखिएको हो। पुँजी बजारलाई एउटा लगानीको क्षेत्र, सरकारको राजस्व संकलनको क्षेत्र, तरलता प्रदान गर्ने क्षेत्र वा उद्यमशिलताको क्षेत्रको रुपमा सोचिदिएको भए हुन्थ्यो। राज्यले पछिल्लो समय पुँजी बजारको क्षेत्रलाई अनउत्पादक क्षेत्र, प्राथकितामा नरहेको क्षेत्र र यसले कहाँ कतै पनि योगदान गर्न नसक्ने क्षेत्रको रुपमा लिइएको छ।
व्यवहार पनि त्यही किसिमको भएको छ। बजारमा अहिले त्यसको प्रभाव हो। सबैभन्दा संवेदनशील क्षेत्र पुँजी बजार हो। यसमा सरकारको क्रियाकलापको प्रहिलो प्रभाव यहाँ आउँछ। अन्य पानी उमालेर राखेपछि पनि विस्तारै चिसो हुन्छ त्यसरी नै जान्छ धेरै विषय। तर पुँजी बजारमा ग्यास पर्नसाथ असर पर्न थाल्छ। उदाहरणका लागि दूध उम्लिरहेको बेला ग्यास मार्ने हो भने दूध पनि उम्लिन छोडेपछि पहिलेकै तहमा आउँछ। यसरी नै पुँजी बजारमा असर पर्छ। यसको अर्थ सरकारको नीतिले यसमा तुरुन्तै प्रभाव पर्छ। अहिले बजारमा मात्रै प्रभाव देखिएको छ। यसको असर सबै क्षेत्रमा देखापर्छ। ठूलो रुपमा गुमाइसकेपछि सरकारको चेत आउला। अनि बजार आफ्नो लयमा फर्कन्छ भन्ने नै हो।
असर पर्नेमा केही विशेष कारण छन्। सबैभन्दा पहिले सेयर बजार बढ्यो। बजार राम्रो लयमा गएको थियो। त्यसलाई हाम्रो नियामक निकायहरूले पचाउन सकेनन्। नियाकममा बस्नेले कहिले सेयर बजार फुलियो भन्छन्। कहिले सुन्नियो भन्छन्। अन्य देशमा त सेयर बजारमा लगानी गर्ने ठूला लगानीकर्तालाई सम्मान गर्ने तथा बजार माथि जाँदा दिपावली गर्ने हुन्छ। केही दिन अगाडि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा ठूला लगानीकर्तालाई सम्मान पनि गरे। तर हाम्रोमा भने पुँजी बजार बढ्दा सबै नियामकलाई निन्द्रा लाग्दैन। निदाउनै सक्दैनन्। त्यसले राजस्वमा कति योगदान गरेको छ। व्यक्तिको आयआर्जनमा कति सहयोग गर्यो भनेर हेरिँदैन।
एउटा नियामक निकायको बुझाइले पनि बजारमा पनि प्रभाव पार्छ। अर्को विषय बजारलाई बन्धक बनाइ राखिएको छ। कुल पुँजीको ४० प्रतिशत मात्रै लोन पाउने गरी बन्धन राखिएको थियो। त्यो नै बजारका लागि बाधक थियो। झन अहिले त लोन नै लिन पाउँदैनौँ भनेर ४/१२ करोडको व्यवस्था गरियो। यसले पनि पुँजी बजारमा असर पारेको छ।
मौद्रिक नीति समीक्षामा यो बन्धन हट्ला भने लगानीकर्तामा आशा थियो। तर लगानीकर्ताको आशालाई सम्बोधन गर्ने काम भएन। यस कारण यो अत्ति नै संवेदनशील क्षेत्र हो। सरकारले लिएको नयाँ कदमहरूको प्रभाव आउन केही समय लाग्छ। तर प्रभाव पर्छ भन्ने अनुमानको आधारमा पुँजी बजारमा त तत्काल नै असर देखिन्छ नै।
जबसम्म सरकार पुँजी बजारको विषयमा सकारात्मक बन्दैन तबसम्म यो अवस्था रहन्छ। लगानीकर्ताले पनि सरकारको नीतिले मात्रै प्रभाव पर्छ भनेर सोच्दा यस्तो भएको हो। लगानीकर्ताले पनि केही योजना अवश्य बनाउनु पर्छ।
लगानीकर्ताको पनि कमीकमजोरी छ। कम्पनी छनोट गर्दा विचार गरेर सही कम्पनी छनोट गर्नु पर्छ। हल्लाको पछाडि लाग्नु हुँदैन। केही कमजोर कम्पनीमा बढी लगानी गर्दा बढेको बजारमा विस्तारै असर गरेको हुनसक्छ। ट्रेडिङ रुपमा कम्पनी छान्दा पनि बजारमा केही असर परेको छ।
अर्को विषय बजार बियरिस हैन। बियरिस भएको छैन। बजारमा करेक्सन आएको हो। बियरिस भएको भए यहाँभन्दा धेरै तल जानु पर्थ्यो। बियरिसमा उच्च अंकमा पुगको बजारमा ठूलो गिरावट आउँछ।
अहिले हामी ३२ सयको उच्च अंक लिँदा पनि २६ सयको आसपासमै छौँ। यसभन्दा अगाडिको बियरिस ट्रेन्ड हेर्ने हो भने १८ सयबाट घटेर ११ सय र ११ सय ८८ बाट ३ सयमा बजार झरेको थियो। न्यूनतम ४२ र अधिकतम ७५ प्रतिशतसम्म बजार घटेको अवस्था छ। तर अहिले २०/२२ प्रतिशत मात्रै घटेको हो।
यसरी सबै सूचक हेरिरहँदा त्यो तहमा घट्ने कुनै सम्भावन नै छैन। सरकारले पुँजी बजारलाई अलिकति पुँजी बजारकै रुपमा सकारात्मक रुपले हेरिदिएको अवस्थामा बजारले तुरुन्तै नयाँ उचाइ प्राप्त गर्छ। सरकारको रवैया र नियामकको व्यवहारको कारण अहिले यो अवस्था आएको हो। हुन त पुँजी बजार घट्नु पर्ने प्राकृतिक विषय नै हो। तर बजारमा कसैले पनि अनावश्यक रुपमा मूल्यलाई हस्तक्षेप नगरिदिए हुन्थ्यो भन्ने नै हो।