बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

स्वास्थ्य सूचक सेन्सर विकासको प्रतिस्पर्धामा एप्पल र सामसङ

images
बुधबार, माघ १० २०८०
images
images
स्वास्थ्य सूचक सेन्सर विकासको प्रतिस्पर्धामा एप्पल र सामसङ

स्मार्टवाचलाई स्मार्टफोनसँग इन्टिग्रेट गर्ने काम निर्माताहरूले गर्दै आएका छन्। तर यसलाई थप आकर्षक बनाउनका लागि फिटनेस ट्र्याकरका रुपमा पनि विकास गरिएको छ।

images
images

काठमाडौं- परम्परागत रुपमा मान्छेहरूले प्रयोग गर्ने घडी आजभोलि करिब दुर्लभ भइसकेको छ। समय थाहा पाउनकै लागि प्रयोग हुने घडीलाई विस्थापित गर्ने थुप्रै ग्याजेट्स आइसकेका छन्। 

images
images

ग्याजेट्सको विकासले समय थाहा पाउनकै लागि घडी पहिरिनेको संख्या घटिसकेको छ। तर घडीको बजारमा बिकल्प भने आएको छ। प्रकृति फेरिएपनि मान्छेको नाडीमा घडीले फेरि ठाउँ लिएको छ। 

images
images

प्रतिष्ठाको सूचक मानिने विलासी घडी अझै पनि परम्परागत रुपमै निरन्तर छन्। तर त्यसको बजार सीमित छ। आम रुपमा घडीले सर्वसाधारणको नाडीमा पुनरागमन गरेको छ डिजिटल वाचको नाममा। स्मार्टफोन निर्माता कम्पनीहरूले थुप्रै उपयोगी फीचर्सका साथमा घडीलाई फेरि सर्वसाधारणको नाडीमा फिर्ता गराएका छन्। 

images
images

सेन्सर प्रविधिमा भएको विकास र नानो टेक्नोलोजीको कमालले गर्दा घडीमा अभूतपूर्व फिचर्स थपिँदै गएका छन्। यही कारणले गर्दा एउटा स्मार्टफोनसँग स्मार्ट घडी पनि अनिवार्य जस्तै बन्दै गएको छ। 

विश्व बजार फेरि नाडीमा पहिरिने डिभाइसको बजार विस्तार हुने क्रममा रहेको छ। सन् २०२९ सम्म वर्षेनि ५० करोड युनिटभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ। 

वर्तमान समयमा पहिरिने डिभाइसको बजारमा अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पल अग्रस्थानमा रहेको छ। एप्पलको बजार हिस्सा ३० प्रतिशत रहेको छ। दोस्रोमा सासमङ रहेको छ। 

स्मार्टफोन प्रविधिकै प्रयोग हुने भएकाले यसमा यी दुई कम्पनी नै प्रतिस्पर्धामा छन् तर एप्पल निकै अन्तरले अगाडी रहेको छ। दुबै कम्पनी अब एउटा प्रविधिको विकासको प्रतिस्पर्धामा छन्। दुईमध्ये जुन कम्पनीले पहिला यसमा सफलता हात पार्नेछ त्यसले अग्रता निर्धारण गर्ने दुबै कम्पनीको विश्वास छ। यो प्रविधि हो ब्लड सुगर मनिटर। सेन्सरको माध्यमबाट रगतमा हुने चिनीकोमात्रको निरन्तर निगारानी गर्ने यस्तो प्रविधिको विकासमा यी दुबै कम्पनी निरन्तर लागिरहेका छन्। 

थर्डपार्टी एपबाट सामान्य प्रेसरको निगारानी हुने भएपनि ब्लड सुगरदेखि प्रेसरसम्मको निरन्तर निगरानीको प्रविधि विकास अझै हुन सकेको छैन। यही प्रविधिको विकासमा एप्पल पछिल्लो १० वर्षदेखि लागिपरहेको छ। सेन्सरको माध्यमबाट निगरानीको प्रविधि विकासमा अझै सफलता हात परेको छैन। 

एप्पलसँग सामसङ पनि प्रतिस्पर्धामा उत्रिएको छ। यो प्रविधिको विकासमा सामसङले पर्याप्त लगानी र स्रोत साधान लगाइरहेको कम्पनीको मोबाइल हेल्थ प्रमुखले गत साताको एउटा अन्तर्वातामा बताएका थिए। ‘अवश्य पनि अरुले पनि काम गरिरहेका छन् सायद हामी यसमा सफल हुन्छौं होला’ उनले भनेका छन्।

स्मार्टवाचलाई स्मार्टफोनसँग इन्टिग्रेट गर्ने काम निर्माताहरूले गर्दै आएका छन्। तर यसलाई थप आकर्षक बनाउनका लागि फिटनेस ट्र्याकरका रुपमा पनि विकास गरिएको छ। यसको उपयोगिता बढाउनका लागि एप्पलले पछिल्लो समय फिचर्स थप गर्दै आएको छ।

एप्पल वाचमा पछिल्लो समय मुटुको चालको निगरानी र सूचना दिने प्रणाली आएको छ। त्यस्तै ईसीजी एप जस्ता सुविधा पनि थपिएका छन्। यी सुविधाले गर्दा कयौं प्रयोगकर्ताको ज्यान जोगिएको कम्पनीले दाबी गर्दै आएको छ। 


प्रकाशित : बुधबार, माघ १० २०८०१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend