शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

अर्थमन्त्री र कर्मचारीबीच बढ्यो दुरी, अर्थसचिवसहित बजेट महाशाखा प्रमुखले मागे सरुवा

images
सोमबार, माघ ८ २०८०
images
images
अर्थमन्त्री र कर्मचारीबीच बढ्यो दुरी, अर्थसचिवसहित बजेट महाशाखा प्रमुखले मागे सरुवा

चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा र आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रकृया अगाडि बढाउने समयमा अर्थसचिवसहित महत्वपूर्ण दुई महाशाखा प्रमुखले सरुवा मागेका छन्।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महत र अर्थ मन्त्रालयका कर्मचारीबीच दुरी बढेको छ। अर्थमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अर्थसचिव डा. कृष्णहरी पुष्करसहित दुई सहसचिवले सरुवा माग गरिरहेका छन्। 

images
images
images

अर्थसचिव पुष्करसहित बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुख भुपाल बरालले सरुवाको तयारी गरिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। 

images

चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा र आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रकृया अगाडि बढाउने समयमा अर्थसचिवसहित महत्वपूर्ण दुई महाशाखा प्रमुखले सरुवा माग गर्नुलाई महत्वका साथ हेरिएको छ। 

images
images
images

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि कुनै पनि 'बोल्ड' निर्णय गर्न नसकेको, बजेटमा घोषणा गरिएको सुधारका कार्यक्रम कार्यान्वयनमा उदासिनता देखाएको र हरेक निर्णय अर्थसचिवलाई छलेर राजस्वसचिव रामप्रसाद घिमिरेमार्फत गराएकोमा अर्थसचिव पुष्कर असन्तुष्ट रहेको बताइन्छ।

अर्थमन्त्री परिवर्तन भएमात्रै मन्त्रालयमा बस्ने नत्र नबस्ने भन्दै मन्त्रालयका कर्मचारीलाई उनले बताउने गरेका छन्। उनले अर्थमन्त्री महतसँग पनि आफ्नो सरुवाका विषयमा कुरा गरिसकेको बताउने गरेका छन्।

त्यसो त अर्थमन्त्री महत पनि अर्थसचिव पुष्करसँग सुरुबाटै उति सन्तुष्ट थिएनन्। अर्थमन्त्री महतले बजेट निर्माणका क्रममा भित्र्याएका अर्जुनकुमार पोखरेललाई हटाएर पुष्करलाई अर्थसचिव बनाएका थिए।

पुष्करले अर्थतन्त्रमा देखिइरहेको समस्याका साथै पछिल्लो समय राजस्वमाथिको दबाब कम गर्न, मौद्रिक नीतिमार्फत गरिएको कडाइ हटाउन र अर्थतन्त्रमा देखिएको व्यापार संकुचनलगायतका विषयमा काम गर्न दोस्रो कार्यकालका लागि अर्थसचिव भएर आएको बताउने गरेका छन्।

चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षामार्फत नीतिगत सहजीकरण गर्न आफू सफल भएको दाबी उनले गरेका छन्। यद्यपी अर्थतन्त्र र व्यापार चलायमान बनाउने दिशामा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेनन्।

अर्थ मन्त्रालयका कतिपय कर्मचारी भने अर्थसचिव पुष्करसँग अर्थतन्त्रको बारेमा राम्रो ज्ञान नभएकोले नतिजामूलक काम गर्न नसक्दा अर्थमन्त्री महत असन्तुष्ट रहेको बताउँछन्।

'अर्थमन्त्री महतले खासै गतिलो काम गर्न नसकेको पक्कै पनि हो। साथै अर्थसचिव पुष्करसँग पनि अर्थ मन्त्रालय हाँक्ने क्षमता छैन। अर्थमन्त्री महतले उनको चाहानाअनुसार अर्थ मन्त्रालयमा कर्मचारीको टिम बनाउन नदिएपछि पुष्कर असन्तुष्ट बनेका हुन्। नयाँ अर्थमन्त्री आएमा अर्थ मन्त्रालय बस्ने नत्र छोड्ने मुडमा पुष्कर छन्', अर्थका एक कर्मचारीले बताए। 

अर्थसचिवसँगै बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री पनि अर्थमन्त्रीसँग सन्तुष्ट छैनन्। चालु आर्थिक वर्षको बजेट विनियोजनका क्रममा कतिपय विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएपछि उनी अर्थमन्त्री महतसँग रुष्ट छन्।

अर्थमन्त्रीकै चाहानाअनुसार प्रधानमन्त्री तथा अर्थमन्त्रीको क्षेत्रमा बढी बजेट विनियोजन गरिएको भएपनि आफूलाई लक्षित गरेर अख्तियारले बयान लिँदासमेत अर्थमन्त्री महतले प्रतिरक्षा नगरेको भन्दै खत्री असन्तुष्ट रहेको मन्त्रालय स्रोत बताउँछ। 

अख्तियारले बजेटमा कार्यक्रम राखेको तथा निकासा दिएकै आधारमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुखलाई दोषी ठहर गर्न थालेको भन्दै खत्रीले गुनासो गर्दै हिँड्ने गरेका छन्। 

यस्तै वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुख भुपाल बराल अर्थमन्त्री महतले कुनै पनि सुधारको काम अगाडि बढाउन नसकेको भन्दै मन्त्रालय छोड्ने तयारीमा रहेको बताइएको छ। उनले अर्थसचिव पुष्करसँग आफ्नो सरुवा माग गरेका हुन्।

नेपाल स्टक एक्सचेन्जमा अध्यक्षसमेत रहेका बरालले त्यसको जिम्मेवारी भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई दिएका थिए। पौडेल अर्थमन्त्री महतका विश्वासपात्र मानिन्छन्। 


प्रकाशित : सोमबार, माघ ८ २०८०१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend