काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँ कायम छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
आइतबार प्रतितोला एक हजार ३ सय ९० रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढ्दा चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँले घटेको थियो।