सोमबार, वैशाख १७ गते २०८१    
images
images

अर्थतन्त्र संकुचित हुँदा वाणिज्य बैंकको नाफा घट्यो, ६ महिनामा २८ अर्ब ७६ करोड नाफा

images
images
images
अर्थतन्त्र संकुचित हुँदा वाणिज्य बैंकको नाफा घट्यो, ६ महिनामा २८ अर्ब ७६ करोड नाफा

यस अवधिमा प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंकबाहेक अधिकांश वाणिज्य बैंकको नाफा गत वर्षको पहिलो ६ महिनाको तुलनामा घटेको छ। अर्थतन्त्र संकुचित हुँदा कर्जा असुली र नयाँ कर्जा विस्तार नहुँदा बैंकहरुको नाफामा सुधार नभएको हो।

images
images

काठमाडौं- अर्थतन्त्रमा छाएको संकुचनको असर वाणिज्य बैंकहरुको पुस महिनाको नाफामा परेको छ। यस अवधिमा वाणिज्य बैंकको खुद नाफा वर्षको करिब ९.९१ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरूले कुल २८ अर्ब ७६ करोड खुद नाफा कमाएका छन्।

images
images
images

गत वर्षको सोही अवधिमा बैंकहरूले ३१ अर्ब ९२ करोड रूपैयाँ खुद नाफा गरेका थिए। कतिपय बैंकहरुको खराब कर्जा र इम्पेयरमेन्ट खर्च बढेकाले नाफा कम देखिएको हो।

images

यस अवधिमा प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंकबाहेक अधिकांश वाणिज्य बैंकको नाफा गत वर्षको पहिलो ६ महिनाको तुलनामा घटेको छ।

images

नबिल बैंकको नाफा गत वर्षको तुलनामा करिब ९.९१ प्रतिशतले घटेको छ। यद्यपी यस बैंकले अन्य बैंकको तुलनामा सबैभन्दा धेरै नाफा गर्न सफल भएको छ।

images
images

यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब २० करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको छ। नबिल बैंकले खराब कर्जामा उल्लेखनीय सुधार गरेको छ।

यस्तै गत वर्षको दोस्रो त्रैमासको तुलनामा ४३ प्रतिशतले नाफा बढाउँदै प्राइम कमर्सियल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकको दोस्रो स्थानमा पर्न सफल भएको छ। यस बैंकले गत वर्षको तुलनामा असुली बढाएको छ भने इम्पेयरमेन्ट खर्च घटाएको छ। यद्यपी खराब कर्जा भने गत वर्षको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चार महिनासम्म लगातार घाटामा रहेको कृषि विकास बैंक सुधारोन्मुख देखिएको छ। यस बैंकले दोस्रो त्रैमासमा मात्रै २ अर्ब २४ करोड खुद नाफा गर्दै कुल १ अर्ब ३५ करोड खुद नाफा गर्न सफल भएको छ।

गत वर्षको दोस्रो त्रैमासमा ४.५२ प्रतिशत रहेको निष्कृय कर्जा घटाएर ३.०३ प्रतिशतमा झार्न यो बैंक सफल भएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको नाफा २६.५७ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ४ करोड रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड रूपैयाँ खुद नाफा गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन नाफा बढेपनि इम्पेयरमेन्ट खर्च बढेकाले बैंकको नाफा घटेको हो।

यस अवधिमा बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मा १ अर्ब ८० करोड रूपैयाँ खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब २८ करोड रूपैयाँले कम हो।

यस बैंकले गत आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ८ करोड रूपैयाँ खुद नाफा गरेको थियो।  बैंकको खराब कर्जा ३.७१ प्रतिशतबाट बढेर ४.७५ प्रतिशत पुगेकाले बैंकको नाफा घटेको छ। गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज ६० करोड ८३ लाख रूपैयाँ रहेकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बढेर २ अर्ब ८६ करोड रूपैयाँ पुगेको छ।

यस्तै, चालु आर्थिक वर्षको दोस्रो क्वाटरसम्ममा एनआईसी एसिया बैंकले १ अर्ब ९० करोड रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा करिब ४१.८४ प्रतिशतले घटेको छ।

गत वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब २७ करोड रूपैयाँ खुद नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत र इम्पेयरमेन्ट खर्च बढ्दा बैंकको नाफा घटेको हो।

गत वर्ष ४७ करोड रूपैयाँले इम्पेयरमेन्ट चार्ज घटेकोमा यो वर्ष बढेर ४८ करोड रूपैयाँ पुगेको छ। बैंकको निष्कृय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेकाले बैंकको नाफा घटेको हो।

स्टाण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७२ करोड रूपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको तुलनामा बैंकको नाफा करिब १.७५ प्रतिशतले घटेको छ। गत वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ७५ करोड रूपैयाँ खुद नाफा गरेको थियो। बैंकको निष्कृय कर्जा ०.७२ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेकाले बैंकको नाफा घटेको हो।

निष्कृय कर्जा बढेकै कारण बाँकी रहेका अधिकांश वाणिज्य बैंकको नाफा घटेको छ। गत वर्ष १ अर्ब २ करोड खुद नाफा गरेको माछापुच्छ्रे बैंक ८० करोड ५३ लाखमा खुम्चिएको छ।

यस्तै, नेपाल बैंक लिमिटेडले गत वर्षको पहिलो ६ महिनामा १ अर्ब १७ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ५१ लाखमा सीमित भएको छ।

यस अवधिमा हिमालयन बैंकको नाफा करिब ९७ करोडबाट बढेर १ अर्ब ५० करोड पुगेको छ।

नाफा बढाउने बैंकहरुमा हिमालयन बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्। एनएमबि बैकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १ अर्ब ९० करोड कमाएको चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३७ करोड ५९ लाख रूपैयाँ कमाएको छ।

यस्तै कुमारी बैंकले गत वर्षको यसै अवधिमा खुद नाफा १ अर्ब १ गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ८६ करोड २७ लाखमा सीमित भएको छ। राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको पहिलो ६ महिनामा २ अर्ब ७८ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोडमा खुम्चिएको छ।

ba nf.jpg

सानिमा बैंकले गत वर्षको ६ महिनामा १ अर्ब २८ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा १ अर्ब १३ करोडमा सीमित भएको छ।

यस्तै सिद्धार्थ बैंकले गत वर्षको पहिलो ६ महिनामा १ अर्ब १६ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १३ करोडमा सीमित भएको छ।

यस अवधिमा अधिकांश वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक भएको छ। वितरणयोग्य नाफा ऋणात्मक नभएका नबिल, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड लगायतका बैंकहरुको गत वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अर्थतन्त्रमा आएको संकुचनका कारण आर्थिक गतिविधि प्रभावित हुँदा बैंकहरुको नाफा घटेको पूर्वबैंकर भुवन दाहाल बताउँछन्।

‘प्रारम्भिकरुपमा हेर्दा बैंकहरुको नाफा घटेको देखियो। खराब कर्जा केही बैंकले घटाएका छन्। केहीको बढेको छ। वितरणयोग्य नाफा घटेको छ। समग्रमा हेर्दा अर्थतन्त्रमा आर्थिक गतिविधि सुस्त हुँदाको असर बैंकहरुको नाफामा परेको देखिन्छ’, दाहालले भने।

अर्थतन्त्र संकुचित हुँदा कर्जा असुली र नयाँ कर्जा विस्तार नहुँदा बैंकहरुको नाफामा सुधार नभएको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफा २८ प्रतिशतले घटेपछि बैंकहरुले ब्याजदर घटाउन सुरु गरेका थिए।

त्यसयता बैंकहरुले निरन्तररुपमा ब्याजदर घटाइरहेका छन्। राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत नीतिगत दर घटाएकाले बैंकहरुले निक्षेपको ब्याजदर निरन्तररुपमा घटाएर कर्जाको ब्याजदर सस्तो बनाइरहेका छन्।

पछिल्लो समय बैंक वित्तीय संस्थाबाट घरजग्गा र सेयर कर्जाको माग बढिरहेको छ। मौद्रिक समीक्षायता प्रणालीबाट करिब १ खर्ब हाराहारीमा कर्जा प्रवाह भएको छ।

प्रणालीमा करिब ६ खर्बको हाराहारीमा लगानीयोग्य रकम रहेकाले आगामी यसमा कर्जा प्रवाह भएमा बैंकहरुको खराब कर्जा घट्ने र नाफामा बढ्ने अपेक्षा गर्न सकिन्छ।

images

प्रकाशित : आइतबार, माघ ७ २०८०११:३०

प्रतिक्रिया दिनुहोस