शुक्रबार, मंसिर २८ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

images
मंगलबार, माघ २ २०८०
images
images
ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

यो अफर हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडका क्रेडिट कार्डबाहकहरुले बिगमार्ट स्टोरमा सामान खरिद गर्दा बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्म छुट पाउने भएका छन्।

images
images
images

बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लभान्वित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा यो योजना ल्याएको हो। यो छुट योजना  यही माघ महिनाभरी मात्र लागु हुने बैंकले जनाएको छ।

images

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस 'बिगमार्ट विन्टर अफर' मा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गर्न सकिने छ।

images

यो अफर हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लभान्वित गरिरहेको छ। 

तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको यस बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।


प्रकाशित : मंगलबार, माघ २ २०८०१७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend