आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

रेसुंगा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै

images
मंगलबार, माघ २ २०८०
images
रेसुंगा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै

रेसुंगा विमानस्थलमा गत बैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो। यात्रुको चाप अत्याधिक भएका कारण अब हप्ताको चार दिन उडान गर्ने गरी तयारी थालिएको हो।

images
images

तम्घास- गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ। हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो।

images
images
images

रेसुङ्गा विमानस्थलमा गत बैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो। यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो।

images
images

अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए। यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए।

images
images

रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन्। यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन्। जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन्। रासस


प्रकाशित : मंगलबार, माघ २ २०८०१५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend