सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

अर्थमन्त्री महत नफेर्ने पक्षमा देउवा देखिएपछि अलमलमा प्रधानमन्त्री दाहाल

देउवाले दाहाललाई भने– बिग्रन लागेको अर्थतन्त्र जोगाएको छ, काम गर्न दिनू

images
images
images
अर्थमन्त्री महत नफेर्ने पक्षमा देउवा देखिएपछि अलमलमा प्रधानमन्त्री दाहाल

गगन थापासहितको समूह विगतदेखि नै माओवादी पार्टीसँगको गठबन्धनको विरोधमा छ।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो साता मन्त्रीहरू एकसाताभित्रै फेरिने घोषणा गरेपनि अहिलेसम्म त्यसमा सुरसार भने देखिएको छैन।

images
images
images

प्रधानमन्त्री दाहालले जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै ‘पर्फरमेन्स’ गर्न नसक्नेहरूलाई मन्त्री पद छाड्न आग्रह नै गरेका थिए। उनले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा आफू नभएको घोषणा गरेका थिए।

images

त्यसबेला प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई तर्साउनुका केही कारण भने लुकेका थिए। दाहालले पटक पटक यो आफ्ना लागि अन्तिम अवसर भएको सार्वजनिक रुपमै बताउँदै आएका छन्। जहाँ सरकारले एकवर्षभित्र सोचेअनुसार काम गर्न सकेको छैन।

images

खासगरी सत्ता साझेदार नेपाली कांग्रेसभित्रको कलह रोक्न उनले मन्त्रिपरिषदमा मन्त्रीहरू हेरफेर गर्ने ‘कार्ड’ फालेका थिए। कांग्रेसभित्र कलह चर्कंदै गएमा प्रधानमन्त्री नै नजोगिने खतरा देखेका दाहाल कांग्रेस व्यवस्थापनमा केन्द्रित भएका छन्। सोहीअनुसार उनले मन्त्रीहरू फेर्ने प्रस्ताव गरेका हुन्। 

images
images

यतिबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि कांग्रेसभित्र बलियो बन्दै गएको शेखर कोइराला समूह फुटाउने रणनीतिमा छन्। गगन थापासहितको समूह विगतदेखि नै माओवादी पार्टीसँगको गठबन्धनको विरोधमा छ।

उता उक्त विरोध मत्थर पार्ने दाउमा दाहाल पनि देखिन्छन्। जुन रणनीति सफल भएमा प्रधानमन्त्री दाहाललाई पनि फाइदा हुने निश्चित छ। यसका लागि अहिले प्रधानमन्त्री दाहालले मन्त्रीहरूको काम पनि सन्तोषजनक नभएकाले कांग्रेसका आशलाग्दा युवा सांसदलाई मन्त्रीका रुपमा भित्र्याउने लविङ गरिरहेका छन्।

प्रधानमन्त्री दाहालले मन्त्री फेर्ने कार्ड फालेपनि उनको केन्द्रबिन्दु भने अर्थमन्त्री डा. प्रकाशशरण महत फेर्ने मुख्य योजनामा देखिन्छ। जसमा मिले आफ्नै पार्टीबाट वर्षामान पुनलाई अर्थमन्त्री बनाउने नभएपनि कांग्रेसको इतर समूहबाट बनाउने योजना उनको छ।

कांग्रेस पार्टी सभापति देउवाले केही समय अगाडि गृहमन्त्रीबाट नारायणकाजी श्रेष्ठलाई हटाउन भनेका थिए। तर प्रधानमन्त्री दाहालले गृहमन्त्रीमात्रै परिर्वतन गर्दा बाहिर गलत म्यासेज जाने भन्दै सबै मन्त्रीहरु फेर्ने योजना अगाडि सारेका थिए। तर सबै मन्त्री फेर्न कांग्रेस सभापति देउवा अहिलेसम्म पनि तयार छैनन्।

प्रधानमन्त्री दाहाल भने गृहमन्त्री कांग्रेसलाई दिएर भए पनि अर्थमन्त्रीमा पुन ल्याउने योजनामा छन्। प्रधानमन्त्री दाहालले सम्बोधनगलत्तै गत साता सभापति देउवासँग मन्त्री फेर्ने छलफल गरेका थिए। पार्टीको महासमिति बैठकअघि मन्त्रीहरु नफेर्न देउवाले दाहाललाई सुझाव दिइसकेका छन्। 

पछिल्लो समय नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा विकास भएको राजनीतिक समीकरणलाई लक्षित गरेर पनि मन्त्रिपरिषद हेरफेर गर्न खोजिएको छ। पछिल्लो समय शेखर-गगन गुटमा चिसोपना थियो। शेखर र गगनबीचमा सम्बन्ध सुमधुर नभएपछि केही समय पहिले अर्जुननरसिंह केसीले दुई नेतालाई एक ठाउँमा ल्याएका थिए। त्यसपछि गुटको एकीकृत भेला पनि भएको थियो। त्यही भेला तथा छलफलमा थापाले शेखरलाई संसदीय दलको नेता बन्न प्रयास गर्न आग्रह गरेको नेताहरूले बताउँदै आएका छन्। 

यता नेता बालकृष्ण खाँण जेलबाट छुटेपछि उनले पार्नसक्ने प्रभाव र एकीकृत हुँदै गरेको शेखर-गगन गुटले सत्ता समीकरणलाई नै धक्का दिनसक्ने आँकलन देउवाले मात्रे होइन प्रधानमन्त्री दाहालले पनि गरेका छन्। 

‘अहिलेको समस्या सरकारप्रतिको विश्वासमा देखिएको छ। कम्तिमा अलि इमेज राम्रो भएका नेता मन्त्री हुँदा आत्मविश्वास बढ्न सक्ने बुझाइ पनि होला प्रधानमन्त्रीको। कांग्रेसबाट महामन्त्री गगन थापामात्र होइन माओवादीबाट पनि वर्षमान पुनजस्ता नेतालाई ठाउँ दिने तयारीमा हुनुहुन्छ’ प्रधानमन्त्रीनिकट एक नेताले भने। 

देउवाले अर्थमन्त्री महत फेर्ने विषयमा भने दाहाललाई प्रष्ट पारेका छन्। दाहालसँगको छलफलमा देउवाले प्रकाशशरणले अर्थतन्त्र जोगाएको भन्दै दाहाललाई अर्थमन्त्री फेर्नतिर नलाग्न प्रष्ट पारेका छन्।

‘अर्थमन्त्री किन फेर्ने? सबैले देश श्रीलंका हुन्छ भनेका होइनन्?, उसले जोगायो त,’ देउवाले दाहालसँगको भेटमा भने। महतलाई काम गर्न दिनुपर्ने तर अरु मन्त्रीका विषयमा छलफल गरेर निचोड निकाल्न उनले आग्रह गरेका थिए। 

अर्थमन्त्री महतले पनि गतसाता कांग्रेस बैठकमा लामो प्रतिवेदन पेश गर्दै आर्थिक सूचकहरु धेरै सुधारको चरणमा प्रवेश गरेको दाबी गरेका थिए।

images

प्रकाशित : आइतबार, पुस २९ २०८०१०:४०

प्रतिक्रिया दिनुहोस