बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

एप्पललाई उछिनेर माइक्रोसफ्ट बन्यो संसारकै मूल्यवान कम्पनी

images
शुक्रबार, पुस २७ २०८०
images
images
एप्पललाई उछिनेर माइक्रोसफ्ट बन्यो संसारकै मूल्यवान कम्पनी

अर्कोतिर माइक्रोसफ्टको भने क्लाउट कम्प्युटिङ बिजनेसमा सकारात्मक लय कायमै हुने अनुमान गरिएको छ।

images
images

काठमाडौं- अमेरिकी टेक जायन्ट माइक्रोसफ्ट संसारकै मूल्यवान कम्पनी बनेको छ। बजार पुँजीकरणको आधारबाट माइक्रोसफ्ट संसारकै मूल्यवान कम्पनी बकेको हो। अर्को अमेरिकी कम्पनी एप्पललाई माइक्रोसफ्टले उछिनेको हो। 

images
images

माइक्रोसफ्टले एप्पललाई २०२१ पछि पहिलोपटक उछिनेको हो। 

images
images

च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईमा लगानी गरेदेख माइक्रोसफ्टको सेयरमा पछिल्लो समय वृद्धि भइरहेको छ। माइक्रोसफ्टको बजार पुँजीकरण २.९०३ ट्रिलियन डर पुगेको छ। एप्पलको भने २.८८६ ट्रिलियन डलरमा सीमित भएको छ। 

images
images

च्याटजीपीटीको लोकप्रियतासँगै माइक्रोसफ्टको क्लाउड तथा सफ्टवेयरको बिजेनसमा राम्रो वृद्धि भइरहकेो छ। यसको प्रभाव सेयर बजारमा पनि परेको छ। 

यही समयमा एप्पलको व्यापार भने खासै उत्साहप्रद देखिएको छैन। आईफोन १५ सार्वजनिक गरेपछि पनि बढ्न नसकेको माग, चिनियाँ बजारमा देखिएको तनाब र हुवावेले ल्याएको फाइभजी फोनले एप्पललाई धक्का दिइरहेको छ। 

वित्तीय विश्लेषकहरूले एप्पलको ओरालो यात्रा अझै नरोकिने प्रक्षेपण गरेका छन् भने माइक्रोसफ्टोको उकालो लाग्ने। सन् २०२४ मा पनि एप्पलका लागि अर्को चुनौति सामसङबाट आउने देखिएको छ। यही जनवरी १७ मा सार्वजनिक हुने ग्यालेक्सी एआई फोनले आइफोनलाई कडा चुनौती दिने मानिएका छ। 

एकातिर हुवावेले आफ्नै चिपबाट फाइभजी फोन ल्याएर चिनियाँ बजारमा धक्का दिने अर्कोतिर सासमङले ल्याउने एआई फोनबाट बाँकी विश्वमा बजार खोसिने जोखिम देखिएको भन्दै एप्पलको कमजोर रेटिङ भइरहेको छ। 

अर्कोतिर माइक्रोसफ्टको भने क्लाउट कम्प्युटिङ बिजनेसमा सकारात्मक लय कायमै हुने अनुमान गरिएको छ।


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend