मंगलबार, असोज १ गते २०८१    
images
images

नेपाल ल्युब आयलको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २५ २०८०
images
images
नेपाल ल्युब आयलको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित
images
images

काठमाडौं- नेपाल ल्युब आयल लिको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीद्वारा अघिल्लो वर्षझैँ यस साधारण सभामार्फत पनि सेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

images
images
images

हाल देशभरी नै फैलिरहेको आर्थिक मन्दीले सबै ब्यापारिक क्षेत्र अस्थिर र अन्योल अवस्थाबाट गुज्रिरहेको छ। यो स्थितिमा पनि कम्पनीले अघिल्लो वर्षझैँ लाभांश पारित गरेकोमा सेयरधनीहरुले खुल्ला प्रशंसा गरेका थिए।   

साधारण सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा ७८.४ प्रतिशत सहभागी भएका थिए।  

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुणकुमार चौधरीले देश र बजारको हालको अवस्था निकै नै गम्भीर भएको र यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी भएको बताए। आफूहरुले संस्थाको रुपमा बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्वाहा गरिरहेको र सबैलाई त्यतैतर्फ लाग्ने उनले आग्रह गरे। 

images

नेपाल ल्युब आयल लिमिटेड यही विचारधारामा आगाडी बढीरहेको चौधरीले बताए। व्यवस्थापन र अन्य सदस्यहरू यसमा प्रतिबद्ध हुन उनले आग्रह गरेका हुन्। बैठकपछि कम्पनीको कार्यसम्पादनबाट सेयरधनीहरु निकै उत्साहित देखिन्थे।  

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरणसमेत गर्दछ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो। 

गल्फ लूब्रिकेन्टस नेपालमा मुख्य रुपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा रहेको छ। गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सबै अटोमोबाइल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ।


प्रकाशित : बुधबार, पुस २५ २०८०१७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend