शनिबार, वैशाख २२ गते २०८१    
images
images

रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै, लागत ४१ करोड ८६ लाख

images
images
images
रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै, लागत ४१ करोड ८६ लाख

विश्व बैंकको ऋण सहयोग र संघीय सरकारको अनुदानमा विस्तार हुन लागेको पाँच दशमलव ७८ किलोमिटरको उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ।

images
images

नवलपरासी- पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ। पर्यटकीय मार्गका रुपमा विकास गर्ने गरी पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट उत्तर घिनाहा जोड्ने दुई लेनको सडक स्तरोन्नति सुरु भएको हो। 

images
images
images

रामग्राम नगरपालिका-६ पोखरापालीबाट वडा नं १५ घिनाहा चोकसम्म दुई लेनमा सडक विस्तारको काम सुरु भएको नगर प्रमुख धनपत यादवले बताए। उनका अनुसार बुद्धकालीन पुरातात्विक तथा ऐतिहासिक स्थल पण्डितपुरसम्म जोड्ने गरी ४१ करोड ८६ लाख रूपैयाँको लागतमा सडक विस्तारको काम सुरु भएको छ।

images

विश्व बैंकको ऋण सहयोग र संघीय सरकारको अनुदानमा विस्तार हुन लागेको पाँच दशमलव ७८ किलोमिटरको उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको नगर प्रमुख यादवले जानकारी दिए। ठूलो लगानीमा सुरु भएको पण्डितपुरबाट परासीसम्म सडक विस्तारले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

images

यादवले सो क्षेत्रमा धेरै किसानको बसोबास रहेकाले सडक विस्तार भएसँगै कृषि उपजको बिक्री वितरणमा सहज हुने बताए। सडक क्षेत्रमा पर्ने अलपत्र पुल निर्माणका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

images
images

सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण हुन लागेको सडकको दुवै छेउमा नाला, फुटपाथसहित साढे १२ मिटर चौडाइको हुनेछ। हाल जीर्ण अवस्थामा रहेको उक्त सडक निर्माणपछि सदरमुकाम परासीसँग सुविधासम्पन्न सडकको सिधा सम्पर्क स्थापित हुनाका साथै पुरातात्विक स्थलको प्रवर्द्धनमा पनि सहयोगी हुने अपेक्षा गरिएको छ। 

पुरातात्विकस्थल पण्डितपुरको विकास र प्रवर्द्धनका लागि सडक उपयोगी हुने र रामग्राम आउने पर्यटकलाई पण्डितपुरसम्म पुर्‍यान सकिने नगर प्रमुख यादवले बताए। पण्डितपुर बुद्धको मावलीका रुपमा परिचित छ।

सो स्थानमा केही हप्ताअगाडि पुरातत्व विभागले गरेको जियोफिजिक्स सर्भेका क्रममा बुद्धकालीन सहरको ठूलो संरचना जमिनमुनि फेला परेको थियो। पण्डितपुरसम्म पुग्न करिब तीन किमी विस्तार गर्नुपर्ने जनाउँदै नगर प्रमुख यादवले बाँकी सडक अर्को चरणमा निर्माण गरिने उल्लेख गरे। रासस

images

प्रकाशित : शनिबार, पुस २१ २०८००१:५६

प्रतिक्रिया दिनुहोस