मंगलबार, मंसिर २५ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकद्वारा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

images
बिहीबार , पुस १९ २०८०
images
images
ग्लोबल आईएमई बैंकद्वारा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

लुम्बिनी प्रदेशमा दुई सय र कर्णाली प्रदेशमा एक सय ५० भन्दा बढी महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन्।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

images
images
images

बैंकले लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका वडा नं. १३ जर्बुटा  स्वास्थ्य चौकी उक्त शिविर आयोजना गरेको हो। 

images

लुम्बिनी प्रदेशमा दुई सय र कर्णाली प्रदेशमा एक सय ५० भन्दा बढी महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन्।

images

यही पुस १७ गते मंगलबारदेखि ग्लोबल आईएमई बैंक १७ औँ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ।

सो अवसरमा बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन्। प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ।

ग्लोबल आईएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।


प्रकाशित : बिहीबार , पुस १९ २०८०१७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend