बिहीबार , असोज ३ गते २०८१    
images
images

भेस्पा र अप्रिलियाको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्ट साझेदार, लक्की ड्रमार्फत उपहार

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १९ २०८०
images
images
भेस्पा र अप्रिलियाको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्ट साझेदार, लक्की ड्रमार्फत उपहार

सो क्याम्पमा सहभागी २६ सयभन्दा धेरै ग्राहक मध्ये ५ ग्राहकलाई लक्की ड्रमार्फत आकर्षक उपहार प्रधान गरिएको थियो।

images
images

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टका  उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ।

images
images
images

जाडो मौसमले दुई पांग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाएको छ। पुस ५ देखि १४ गतेसम्म सञ्चालित सो क्याम्प काठमाडौं उपत्यका भरीका ५  वटा स्थानमा रहेको  भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा आयोजना भएको थियो।

भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र  गल्फ इन्जिन आयल चेन्ज प्रदान गरेको थियो। सो क्याम्पमा सहभागी २६ सयभन्दा धेरै ग्राहक मध्ये ५ ग्राहकलाई लक्की ड्रमार्फत आकर्षक उपहार प्रधान गरिएको थियो। 

लक्की ड्रबाट रत्नकेशरी रंजितकार (भक्तपुर), रन्जु नेपाल (बनेपा), नवीना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र  मोनिका श्रेष्ठ (झम्सिखेल) विजेता भएका थिए। क्याम्प नेपाल ल्युब आयल र भेस्पा/अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिको संयुक्त आयोजनामा भएको हो। 

images

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड विगत ३९ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ। 


प्रकाशित : बिहीबार , पुस १९ २०८०११:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend