बिहीबार , वैशाख २७ गते २०८१    
images
images

तोलामा १३ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

images
बिजनेस न्युज
images
images
तोलामा १३ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ३० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार तोलामा दुई सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला १३ सय रूपैयाँले घटेको हो।

images
images
images

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ५ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९ सय ५० रूपैयाँ कायम गरिएको छ। 

images

चाँदीको मूल्य बिहीबार प्रतितोला ३० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

images

images

प्रकाशित : ११:००
प्रतिक्रिया दिनुहोस