बिहीबार , असोज ३ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकद्वारा ३५ छात्रालाई छात्रवृत्ति प्रदान

images
मंगलबार, पुस १७ २०८०
images
images
ग्लोबल आईएमई बैंकद्वारा ३५ छात्रालाई छात्रवृत्ति प्रदान

यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

images
images
images

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको हो।

यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ। 

यस कार्यक्रमअन्तगर्त बैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ। यो कार्यक्रमअन्तर्गत बैंकले अहिलेसम्म एक सय पाँच जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरुको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ। 

images

समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरु आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ। यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ।


प्रकाशित : मंगलबार, पुस १७ २०८०१७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend