बिहीबार , असोज ३ गते २०८१    
images
images

तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
मंगलबार, पुस १७ २०८०
images
images
तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

चाँदी आज प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

images
images

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार तोलामा दुई सय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला पाँच सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँ कायम छ।

यो साता दुई दिन लगातार स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँले बढेको छ। चाँदी आज प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, पुस १७ २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend