आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पर्यटकीय गन्तव्यस्थल बन्दैछ मिछुर्लुङको ‘मगर भिलेज’

images
आइतबार, पुस १५ २०८०
images
पर्यटकीय गन्तव्यस्थल बन्दैछ मिछुर्लुङको ‘मगर भिलेज’

मिछुर्लुङ गाउँसँगै रहेको मगर भिलेज रिसोर्ट यतिबेला आन्तरिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ। प्राकृतिक सुन्दर दृश्यावलोकनसँगै मगरको संस्कार र संस्कृति अध्ययन गर्न आन्तरिक पर्यटक भिलेज रिसोर्टमा पुग्ने गरेका छन्।

images
images

दमौली- तनहुँको व्यास नगरपालिका-५ निवासी मोहनकुमार श्रेष्ठले भिमादस्थित मिछुर्लुङमा रहेको मगर लाफा भिलेजमा पुगेर एक रात बिताए। समुन्द्री सतहबाट करिब आठ सय मिटरमा रहेको भिमाद नगरपालिका-५ मिछुर्लुङस्थित मगर लाफा भिलेजमा एक रात बिताउँदा आनन्दको महसुस भएको उनी सुनाउँछन्।

images
images
images

उनले भने, 'पृथ्वीराजमार्गबाट नजिक रहेको यो ठाउँ, यहाँबाट देखिने दृश्यले लोभ्यायो। कोलाहल वातावरणबाट मुक्त हुन एकपटक जानैपर्ने रहेछ लाफा भिलेज।'

images
images

व्यास नगरपालिका-२ निवासी अञ्जनकुमार श्रेष्ठलाई पनि यस ठाउँले लोभ्यायो। यहाँको हावापानी, देखिने दृश्यहरु राम्रो लागेको उनको भनाइ छ। उनले भने, 'परिवारसँगै आएर एक रात बिताउन पनि यो ठाउँ उपयुक्त लाग्यो।'

images
images

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुगिन्छ। खैरेनीटारबाट आठ किलोमिटर भिमाद बजार र त्यहाँबाट चार किलोमिटर यात्रा गरेपछि मिछुर्लुङ गाउँ पुग्न सकिन्छ। मिछुर्लुङ गाउँसँगै रहेको मगर भिलेज रिसोर्ट यतिबेला आन्तरिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ।

सोही ठाउँ निवासी पत्रकारसमेत रहेका प्रताप रानामगरले सञ्चालनमा ल्याएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुन थालेको छ। उक्त भिलेजमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ।

मगर भिलेज पर्यटकीय तथा अध्ययन केन्द्रका रुपमा विकास हुन थालेको सञ्चालक रानामगरले जानकारी दिए। उनले भने, 'प्रकृति, संस्कृति र मगर संस्कारलाई प्रवर्द्धन गर्दै मगर भिलेज रिसोर्ट सञ्चालनमा छ। यहाँ दिनदिनै आउने पर्यटकको सङ्ख्या बढ्दो छ।' रानामगरका अनुसार प्रकृतिको सुन्दर दृश्यावलोकन, मगरको संस्कार र संस्कृति अध्ययन गर्न आन्तरिक पर्यटक आउने गरेका छन्।

रानामगरले भने, 'मगर संस्कृतिको अध्ययनका लागि जिल्ला तथा जिल्ला बाहिरबाट विद्यार्थी, सहकारी संघसंस्था लगायतबाट सर्वसाधारण आउनुहुन्छ, यहाँको मनोरम दृश्य हेरेर मोहित भएर फर्किनुहुन्छ।'

मगर भिलेज रिसोर्टमा रहेको घुमाउने र खुर्पेटोले यहाँ पुग्ने सर्वसाधारणको ध्यान खिच्ने गरेको छ। उनले भने, 'आजभोलि घुमाउने घर कमैमात्रामा देख्न पाइन्छ, हामीले घुमाउने घर बनाएर राखेका छौँ, घरअघि खुर्पेटो पनि छ। पर्यटक घुमाउने घर र खुर्पेटोमा तस्बिर खिचाउन लालायित देखिनुहुन्छ।'

लाफा भिलेजमा ढिँकीजाँतोजस्ता पुराना सामग्री राखिएको छ। अहिलेका पुस्तालाई पुरातात्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको रानामगर बताउँछन्। यहाँ पुगेका पाहुनालाई अर्गानिक खाना खुवाउने व्यवस्था मिलाइएको छ। भिलेजमा विभिन्न गीतको छायांकनसमेत हुने गरेको छ।

यहाँ दृश्यावलोकन केन्द्रसमेत बनाइएको छ। ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको हो। देश तथा विदेशमा रहेका नेपालीबाट संकलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो।

मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो। कुल ३८ लाख चार हजार नौ सय रूपैयाँको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ।

मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिछुर्लुङको विशेषता हो। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिछुर्लुङमा झरना पनि छ। उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको छ। रासस


प्रकाशित : आइतबार, पुस १५ २०८०१८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend