बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हामीले बिजुली प्रयोग गरेको प्रमाण मागेको हो तर दिइएको छैन- महासंघ वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

आइतबार, पुस १५ २०८०
हामीले बिजुली प्रयोग गरेको प्रमाण मागेको हो तर दिइएको छैन- महासंघ वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

बिजुली उपयोग गरेको प्रमाण दिएपछि पैसा तिर्न तयार हुँदाहुँदै पनि नेपाल विद्युत प्राधिकरण लाइन काट्न अग्रसर भएको उनले बताए।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले डेडिकेटेड/ट्रंकलाइनकाे विषयमा उद्योगीलाई सुन्नेभन्दा थुन्ने गरी नेपाल विद्युत प्राधिकरण प्रस्तुत भएकाे बताएका छन्।

डेडिकेटेड/ट्रंकलाइन विवादमा जोडिएका उद्योगीहरूले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्राधिकरण नेतृत्वले भावनात्मक कुरा गरेकाे बताए। ‘हामीले बिजुली प्रयोग गरेको प्रमाण मागेको हो तर छैन भनेर हिड्ने काम छ,’ श्रेष्ठले भने। 

बिजुली उपयोग गरेको प्रमाण दिएपछि पैसा तिर्न तयार हुँदाहुँदै पनि नेपाल विद्युत प्राधिकरण लाइन काट्न अग्रसर भएको उनले बताए। ‘कुलमान घिसिङले भावनात्मक बनेर हामीलाई दोषी देखाउनु भएको छ। उहाँले जे बोल्नुभएको हो त्यही कानून हो भनेर भन्नुभएको छ, आफैले बनाएको कान‍ून मान्दिन भन्न पाइन्छ?  के उद्योगीलाई अपराधी ठान्ने हो?’ उनले प्रश्न गरे।

पाँच वर्षको पनि दस्तावेज छैन भनेर प्राधिकरणले भनेको कुरा अझ गम्भीर रहेको उनको भनाइ छ। आयकर तिर्ने कुनै पनि कम्पनीको न्यूनतम वर्षको दस्तावेज सुरक्षित राख्नुपर्ने कुराको उलंघन भएको उनको भनाइ छ। 

सरकारले आयोग बनाएर समाधान गर्ने कुरा गरेपनि १० दिनदेखि दर्जनबढी उद्योग बन्द भएको तर्फ गम्भीर हुन उनले सबैलाई आग्रह गरे। ‘आयोग बन्दै गर्छ तर पहिला उद्योग चलाउने वातावरण बनाउनुपर्छ, हैन उद्योग चोर हुन भन्ने हो भने त्यस्तै गरौं’ उनले भने। 


प्रकाशित : आइतबार, पुस १५ २०८०१३:२९
  • सम्बन्धित विषय:

  • # डेडिकेटेड र ट्रंकलाइन विवाद


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend