बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एउटा मान्छेको कार्यक्षमता देखाउन राज्य संयन्त्र नै लाग्यो, उद्योग खोल्नु के अपराध हो?- सीएनआई अध्यक्ष अग्रवाल

आइतबार, पुस १५ २०८०
एउटा मान्छेको कार्यक्षमता देखाउन राज्य संयन्त्र नै लाग्यो, उद्योग खोल्नु के अपराध हो?- सीएनआई अध्यक्ष अग्रवाल

मागेको प्रमाण नदिने तर भावनात्मक कुरा गरेर उद्योग नै बन्द गाराउने काम भएको र यसबाट कसैलाई लाभ नहुने उनको भनाइ छ।

काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले एउटा निश्चित प्रशासनिक प्रमुखको कार्यक्षमता प्रमाणित गर्नका लागि पूरै राज्य संयन्त्र लागेको बताएका छन्। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै अग्रवालले एउटा मान्छेको क्षमता देखाउनका लागि सरकार नै त्यसमै लागिपरेको बताए। 

डेडिकेटेड/ट्रकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि उद्योगीहरूले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अग्रवालले यस्तो कुरा बताएका हुन्। 

उद्योग व्यवसाय सञ्चालनका क्रममा दायित्व भुक्तानीको निश्चित प्रक्रिया र विधि हुने त्यसमा आफूहरु तयार रहेको उनको भनाइ छ। ‘तर यहाँ त खेद्ने काम भयो, मानौं हामी चोर हौं भन्ने जस्तो गरेर उद्योग नै बन्द गराउने काम भयो’ उनले भने,’३५ वर्षअघि उद्योग गर्न लागे, तर अहिले अपराध गरेको जस्तो भएको छ। के यो देशमा उद्योग गर्नु अपराध हो?।’

मागेको प्रमाण नदिने तर भावनात्मक कुरा गरेर उद्योग नै बन्द गाराउने काम भएको र यसबाट कसैलाई लाभ नहुने उनको भनाइ छ।


प्रकाशित : आइतबार, पुस १५ २०८०१३:२०
  • सम्बन्धित विषय:

  • # डेडिकेटेड र ट्रंकलाइन विवाद


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend