शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

प्राधिकरणको स्थिर सम्पत्ति ४ खर्ब ६५ अर्ब बराबर, कुन विमानस्थलको जग्गा र मूल्य कति?

images
images
images
प्राधिकरणको स्थिर सम्पत्ति ४ खर्ब ६५ अर्ब बराबर, कुन विमानस्थलको जग्गा र मूल्य कति?
images
images

काठमाडौं- हवाई तथा उड्डयन क्षेत्रको नियामकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग देशैभर कुल स्थिर सम्पत्ति ४ खर्ब ६५ अर्ब रुपैयाँ छ। प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार चलनचल्तीको मूल्यका आधारमा प्राधिकरणसँग करिब ४ खर्ब २२ अर्ब रुपैयाँको जग्गामात्रै रहेको छ।

images
images
images

देशका ४३ स्थानमा प्राधिकरणसँग कुल २ करोड ७ लाख २४ हजार ५ सय ७७.७७ वर्गमिटर जग्गा रहेको देखिन्छ। जसमा प्राधिकरणले हाल सञ्चालन गरिरहेका विमानस्थल र कार्यकालयहरू अवस्थित छन्। जसको प्रचलित बजार मूल्य करिब ४ खर्ब २२ अर्ब रहेको प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा उल्लेख गरेको छ।

images

यस्तै जग्गाको संरक्षणका लागि तारवार, विमानस्थल ढल निकास र फुटफाथमा प्राधिकरणको १४ अर्ब १६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ।

images

यस्तै काठमाडौंस्थित देशभरका विमानस्थलमा निर्माण भएका भवनलगायतका संरचनाको मूल्य प्राधिकरणले २६ अर्ब २० करोड रुपैयाँ कायम गरेको छ।

images
images

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १९ लाख ९ हजार १ मिटर वर्गमिटरमा फैलिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको मूल्य प्राधिकरणले १ खर्ब ९३ अर्ब ८ करोड रुपैयाँ बराबर रहेको उल्लेख गरेको छ। कास्कीमा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १९ लाख ८३ हजार ५ सय ७७ वर्गमिटरमा फैलिएको छ। यस विमानस्थलमा रहेको जग्गाको मूल्य करिब ३८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ५८ लाख ८६ हजार १ सय ४३ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ। यस विमानस्थलमा रहेको प्राधिकरणको जग्गाको मूल्य ९२ अर्ब ३७ करोड रुपैयाँ रहेको छ।

यस्तै नेपालगञ्जस्थित राझाँ एयरपोर्टमा २६ लाख २९ हजार २२० वर्गमिटर जग्गा रहेकोमा यसको प्रचलित मूल्य करिब १७ अर्ब रुपैयाँ रहेको छ। सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको जग्गाको क्षेत्रफल ३६ हजार ६५४ रहेकोमा यसको प्रचलित मूल्य ७३ करोड १२ लाख रुपैयाँ रहेको छ। 

जनकपुरस्थित धनुषा एयरपोर्टमा प्राधिकरणको जग्गा ४ लाख ४१ हजार २ सय २३ वर्ग रहेको छ। यसको प्रचलित बजार मूल्य ३ अर्ब ९४ करोड रहेको छ।

चितवनस्थित भरतपुर विमानस्थलमा प्राधिकरणको ४ लाख १७ हजार २६१ वर्गमिटर जग्गा रहेको छ। यसको मूल्य करिब ८ अर्ब ७९ करोड रहेको छ।

खोटाङस्थित लामीडाँडा विमानस्थल ५९ हजार ८६८ वर्गमिटरमा फैलिएको छ। यसको प्रचलित बजार मूल्य ७ करोड ३१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

मनाङस्थित हुम्डेमा प्राधिकरणको जग्गा ८४ हजार ९५९ वर्गमिटर रहेको छ। यसको मूल्य ११ करोड १२ लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ। 

यस्तै बारास्थित सिमरा विमानस्थलमा ४ लाख ७५ हजार ६ सय ९२ वर्गमिटर जग्गाको मूल्य ७ अर्ब ८८ करोड रुपैयाँ रहेको छ।

बैतडीको पाटन विमानस्थलको क्षेत्रफल ७९ हजार २ सय ३४ वर्गमिटर रहेकोमा यसको मूल्य ४२ करोड १ लाख २५ हजार रुपैयाँ रहेको प्रधिकरणले उल्लेख गरेको छ। 

संखुवासभास्थित तुम्लिङटार विमानस्थलमा प्राधिकरणको ३ लाख ७४ हजार ४ सय ३२ वर्गमिटर रहेको छ। यसको मूल्य १ अर्ब ३१ करोड रहेको प्राधिकरणले जनाएको छ।

यस्तै बाग्लुङस्थित बलेवा विमानस्थलमा प्राधिकरणको जग्गा ६८ हजार २०८ वर्गमिटर रहेको छ। यसको बजार मूल्य ४६ करोड ९६ लाख रुपैयाँ रहेको छ। 

चितवनस्थित मेघौलीमा प्राधिकरणको १ लाख ४१ हजार ९० वर्गमिटर जग्गा रहेकोमा यसको मूल्य २८ करोड ३९ लाख रुपैयाँ रहेको छ। 

बझाङस्थित चैनपुर, देवलमा प्राधिकरणको ६६ हजार ३८० वर्गमिटर जग्गा रहेकोमा यसको प्रचलित बजार मूल्य १८ करोड ८२ लाख रुपैयाँ रहेको छ।

काठमाडौंस्थित बबरमहलको कार्यालयमा प्राधिकरणको ४ हजार ८९ वर्गमिटरमा फैलिएको छ। जसको हालको चलनचल्तिको मूल्य ५६ करोड १३ लाख रुपैयाँ रहेको प्राधिकरणले उल्लेख गरेको छ।

डोटी दिपायल विमानस्थल ५३ हजार २ सय ४४ वर्गमिटरमा फैलिएको छ। जसको प्रचलित बजार मूल्य १७ करोड ९१ लाख रुपैयाँ रहेको छ।

रुकुमस्थित सल्ले विमानस्थल ७० हजार ५६३ वर्गमिटर क्षेत्रफलमा फैलिएकोमा यसको मूल्य ११ करोड ६३ लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ। यस्तै रुकुममा अवस्थित अर्को विमानस्थल चौरजहारीमा ८१ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफल जग्गा रहेको छ। जसको प्रचलित मूल्य १४ करोड ८२ लाख रुपैयाँ पर्ने प्राधिकरणले उल्लेख गरेको छ। 

दाङस्थित तुलसीपुर विमानस्थल २ लाख ६० हजार ९ सय ४९ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। जसको बजार मूल्य करिब ५० करोड ७५ लाख रुपैयाँ पर्ने प्राधिकरणको दावी छ। 

कंचनपुरस्थित महेन्द्रनगर विमानस्थल ३ लाख ५५ हजार ७ सय ६६ वर्गमिटरमा फैलिएको छ। यस विमानस्थलमा कायम भएको जग्गाको प्रचलित मूल्य करिब २ अर्ब ४६ करोड पर्ने प्राधिकरणले जनाएको छ। 

भोजपुर जिल्लास्थित भोजपुर विमानस्थल ६७ हजार २ सय ३५ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ। यस विमानस्थलको जग्गाको मूल्य ४४ करोड ८० लाख हुन आउने प्राधिकरणले जनाएको छ। 

अछामस्थि साफेँवगर विमानस्थिल ६७ हजार ९ सय ९८ वर्गमिटर क्षेत्रफलमा रहेको छ। यस विमानस्थलमा रहेको जग्गाको मूल्य २४ करोड ८२ लाख रुपैयाँ पर्ने प्राधिकरणले उल्लेख गरेको छ।

जुम्लास्थित जुम्ला विमानस्थल ८४ हजार ५ सय २६ वर्गमिटरमा फैलिएको छ। यस विमानस्थलमा रहेको जग्गाको कुल बजार मूल्य ४८ करोड ६० लाख रहेको छ।

सोलुखुम्बुस्थित फाप्लुमा प्राधिकरणको ८५ हजार ३ सय ४१ वर्गमिटर जग्गा रहेकोमा यसको बजार मूल्य ३१ करोड १४ लाख कायम गरिएको छ।

गोरखाको पालुङटार विमानस्थल १ लाख ७१ हजार ३ सय २० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। जसको जग्गा मूल्य २ अर्ब २ करोड २७ लाख पर्ने प्राधिकरणले जनाएको छ।

मोरङस्थित विराटनगर विमानस्थल ८ लाख ३१ हजार ५ सय ३९ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यस विमानस्थलमा अवस्थित जग्गाको चलनचल्तीको मूल्य ९ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ।

सुर्खेतस्थित सुर्खेत विमानस्थलमा प्राधिकरण २ लाख ५० हजार २ सय ६९ वर्गमिटर जग्गा रहेकोमा यसको प्रचलित बजार मूल्य १ अर्ब ३९ करोड पर्ने विमानस्थल जनाएको छ।

ताप्लेजुङको सुकेटार विमानस्थल १ लाख २३ हजार ४ सय ८० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यस विमानस्थलमा रहेको जग्गा प्रचलित मूल्यका आधारमा ३६ करोड २८ लाख पर्ने प्राधिकरणले उल्लेख गरेको छ। 

कैलालीस्थित टीकापुरमा प्राधिकरणको १ लाख २२ हजार ९ सय ९० वर्गमिटर जग्गा रहेकोमा यसको प्रचलित बजार मूल्य ३७ करोड ९० लाख रुपैयाँ रहेको छ।

झापास्थित भद्रपुर विमानस्थल २ लाख ८८ हजार २ सय २९ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यस विमानस्थलमा रहेको जग्गाको मूल्य करिब ९८ करोड ८३ लाख रुपैयाँ पर्ने प्राधिकरणको दाबी छ। 

खोटाङस्थित थामखर्क विमानस्थिल ९२ हजार ३ सय १४ वर्गमिटरमा फैलिएको छ। यस विमानस्थलमा रहेको जग्गाको मूल्य ९ करोड ६२ लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ।

खोटाङस्थित खानीडाँडामा प्राधिकरणको ३५ हजार ३ सय ५३ वर्गमिटर जग्गा रहेकोमा यसको बजार मूल्य ७ करोड ६५ लाख रुपैयाँ पर्ने प्राधिकरणले उल्लेख गरेको छ। कैलालीको धनगढीमा ५ लाख १७ हजार ६४ वर्गमिटर जग्गा रहेको छ। जसको मूल्य २ अर्ब ९२ करोड ४९ लाख रुपैयाँ रहेको छ।

अछामस्थित कमल बजार विमानस्थल ६३ हजार ६ सय ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यस विमानस्थलमा रहेको जग्गाको मूल्य ९ करोड ४० रुपैयाँ रहेको छ।

मुगुस्थित ताल्चा विमानस्थल १ लाख ८४ हजार ६ सय ७२ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ। यस विमानस्थलमा रहेको जग्गाको मूल्य करिब ९२ करोड ७० लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ। 

इलामस्थित फाल्गुन्नद सुकिलुम्बा विमानस्थिलमा प्राधिकरणको २ लाख ४५ हजार ६ सय ३७ वर्गमिटर जग्गा रहेको छ। यसको बजार मूल्य १ अर्ब ५० करोड हुने प्राधिकरणले जनाएको छ।

पोखरास्थित विमानस्थल ५ लाख ८८ हजार ४ सय ३२ वर्गमिटरमा फैलिएको छ। यस विमानस्थलमा रहेको जग्गाको मूल्य १९ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

कालिकोटस्थित कोटवडामा प्राधिकरणको १ लाख ५४ हजार ७ सय ६८ वर्गमिटर जमिन रहेको छ। यसको बजार मूल्य २५ करोड ५ लाख पर्ने प्राधिकरणले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

ललितपुरस्थित थेचोमा प्राधिकरणको १२ हजार ७ सय ३४ वर्गमिटर जग्गा रहेको छ। जसको मूल्य ३ करोड ३४ लाख पर्ने प्राधिकरणले जनाएको छ। बारास्थित निजगढमा प्राधिकरणको ४ लाख ८० हजार ८ सय ४१ वर्गमिटर जग्गा रहेको छ। जसको मूल्य ५ अर्ब ४ करोड पर्ने प्राधिकरणले प्रतिवेदनमा उल्लेख गरको छ।

गुल्मीस्थित रेसुङ्गा विमानस्थल ७९ हजार ३ सय ६३ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ। यस विमानस्थलमा रहेको जग्गाको बजार मूल्य १० करोड ५१ लाख पर्छ। भक्तपुरको सानोठमीमा प्राधिकरणको जग्गा ९६ हजार २ सय ८९ वर्गमिटर रहेको छ।

images

प्रकाशित : आइतबार, पुस १५ २०८००४:३७

प्रतिक्रिया दिनुहोस