आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

टेस्लाको प्लान्ट गुजरातमा बन्ने, जनवरी दोस्रो साता सीईओ मस्कले घोषणा गर्ने

images
शनिबार, पुस १४ २०८०
images
images
टेस्लाको प्लान्ट गुजरातमा बन्ने, जनवरी दोस्रो साता सीईओ मस्कले घोषणा गर्ने

उक्त समिटमा समभागी हुने टेस्लाका सीईओ एलन मस्क पनि भारत आउँदैछन्। सोही क्रममा उनले भारतमा कार उत्पादन प्लान्ट स्थापनाको घोषणा गर्ने र उक्त प्लान्ट गुजरातमा हुनेछ।

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक टेस्ला इंकको प्लान्ट भारतको गुजरात राज्यमा स्थापना हुने तय भएको छ। आउँदो जनवरीमा गुजरातमा हुला लागेको भाइब्रेन्ट गुजरात सम्मेलनमा यसबारे घोषणा हुने भएको हो। 

images
images
images

भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म भाइब्रेन्ट गुजरात समिट हुँदैछ। उक्त समिटमा समभागी हुने टेस्लाका सीईओ एलन मस्क पनि भारत आउँदैछन्। सोही क्रममा उनले भारतमा कार उत्पादन प्लान्ट स्थापनाको घोषणा गर्ने र उक्त प्लान्ट गुजरातमा हुनेछ। 

images

निर्यातका लागि सजिलो हुने भएको र भारतको आन्तरिक बजारका लागि पनि गुजरातमै प्लान्ट स्थापना गर्नु सहज हुने देखिएको भारतस्थित टेस्लाका आधिकारीहरुले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। यसअघि कम्पनीले प्लान्ट स्थापनाका लागि महाराष्ट्र, गुजरात र तामिलनाडूलाई छनोट गरेको थियो। विद्युतीय सवारी उत्पादनको इकोसिस्टम निर्माण गर्न र निर्यातका लागि गुजरात नै उपयुक्त हुने निचोडमा टेस्ला पुगेको हो। 

images
images
images

टेस्लाले भारतमा तत्कालै कार आयात गर्ने छैन। भारतमा तयारी कार आयात गर्दा मूल्यका आधारमा सतप्रतिशतसम्म कर तिर्नुपर्छ। केही समयअघिसम्म टेस्लालाई कार आयातमा केही सहुलियत दिने बताएको भारत सरकारले पछिल्लो समय भने त्यसबारे ठोस निर्णय भइनसकेको बताएको छ। तर नोभेम्बरमा इकोनोमिक टाइम्सले २ वर्षका लागि टेस्लाका कार आयात गर्दा १५ प्रतिशतसम्म कर सहुलियत दिने तयारीमा भारत सरकार थियो। टेस्लाले भारतमा कार उत्पादन गर्न २ अर्ब अमेरिकी डलर लगानी गर्ने र कार उत्पादन हुन दुई वर्ष लाग्ने भनिएको थियो। उक्त अवधिका लागि आयातित कारमा सहुलियत दिने विषय बाहिर आएको थियो। 

हाल भारतमा कार आयात गर्दा ४० हजार डलरभन्दा बढी मूल्यमा सतप्रतिशत र त्योभन्दा कम मूल्यका कार आयात गर्दा ७० प्रतिशत कर लाग्ने व्यवस्था छ।

टेस्लाले भारतमा सुरुमा न्यूनतम २ अर्ब डलर लगानी गर्ने छ। टेस्लाले भारतमा ब्याट्री प्लान्टसहित इकोसिस्टम नै बनाउन चाहेकाले उसले केही वर्षभित्र १५ अर्ब डलरसम्म लगानी गर्नेछ। पार्टपुर्जा पनि स्थानीय रुपमै उत्पादन गर्दा सवारीको लागत कम हुने भएकाले टेस्लाले भारतमा सकभर धेरै लगानी गर्नेछ। 

टेस्लाको लगानी प्रस्ताव द्रुतमार्गबाटै भएपनि २०२४ जनवरी लाग्नुअघि नै सल्टाइसक्न प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई नोभेम्बरमै निर्देशन दिएको थियो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय, ठूला उद्योग मन्त्रालय र इलेक्ट्रोक्सि तथा आईटीले यस बारेमा समन्वय गरेर काम गरिरहेका छन्। 

गएको जुनमा अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका सीईओ एलन मस्कसँग भेटवार्ता गरेका थिए। उक्त भेटपछि टेस्लाको प्रस्तावमा भारत निक्कै सकारात्मक देखिएको हो। 

भारतीय बजारमा कार उत्पादन हुँदा टेस्लाले दक्षिण एसियाली बजारमा पनि सहजै कार उपलब्ध गराउन सक्छ। टेस्लाले भारतमा मोडल थ्री, मोडल वाईसहित सस्तो मूल्यको कारसमेत उत्पादन गर्ने अनुमान गरिएको छ। 

टेस्लाले भारतमा न्यूनतम मूल्य अर्थात २० हजार डलरको कार उत्पादन गर्ने योजना बनाएको छ। हाल टेस्लाले प्रिमियम कार उत्पादन गर्दै आएको र भारत आइसकेपछि कम मूल्यको मास मार्केट कार बनाउने योजनामा कम्पनी रहेको छ। टेस्लाले भारतलाई उर्वर बजारका रुपमा लिएको छ। उदीयमान अर्थतन्त्र भारतमा मध्यमवर्गीयको संख्या बढ्दै गएकाले टेस्ला सीईओ मस्कले भारतलाई उच्च प्राथमिकतामा राखेर भारत आउन जोडबल गरेका हुन्। 


प्रकाशित : शनिबार, पुस १४ २०८०१४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend