आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

विकास आयोजना समयमै सम्पन्न गर्न मातहतका निकायलाई बुटवल उपमहानगरको निर्देशन

images
शनिबार, पुस १४ २०८०
images
images
विकास आयोजना समयमै सम्पन्न गर्न मातहतका निकायलाई बुटवल उपमहानगरको निर्देशन

सभाले सहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले सहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाइन महाशाखा बनाइएको छ भने छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पारित गरेको छ।

images
images

लुम्बिनी- बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ।

images
images
images

उपमहानगरपालिकाको शुक्रबार सम्पन्न १४औँ नगरसभा अधिवेशनले अर्धवार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि बुटवलका आवश्यकता र प्राथमिकता निर्धारण गर्दै सोहीअनुसार नीति तथा कार्यक्रम पारित गरेको छ।

images

नगरसभाले उपमहानगरका लागि दुई विधेयक पारित र दुई ऐन संशोधन गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। नगरसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलस्रोत उपयोग विधेयक, २०८० र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक, २०८० छलफलपछि सर्वसम्मतिले पारित गरेको नगरप्रमुख पाण्डेयले बताए।

images
images
images

सभाले नगरशिक्षा ऐन, २०७४ र नगरस्वास्थ्य ऐन, २०७५ संशोधन गरेको छ भने आवश्यकताअनुसार संगठन संरचना र कर्मचारी दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको प्रमुख पाण्डेयले जानकारी दिए।

सभाले सहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले सहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाइन महाशाखा बनाइएको छ भने छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पारित गरेको छ। बुटवल उपमहानगरपालिका वडा नं ११ र १३ मा जनसङ्ख्या र भूगोललाई मध्यनजर गरी जनशक्ति थप गर्नेगरी पेस भएको प्रस्ताव सभाले पास गरेको छ।

नगरसभाको समापन अवसरमा प्रमुख पाण्डेयले बुटवल र बुटवलवासीको भविष्य उज्ज्वल बनाउन सबै जनप्रतिनिधि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुनेका लागि सबै खर्च निःशुल्क गराउन नगरप्रमुख आमासुरक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउँदै प्रमुख पाण्डेयले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही दुई हजार रूपैयाँका दरले प्रदान गर्नेगरी स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको बताए।

बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआईभी सङ्क्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक तीन हजार रूपैयाँ उपलब्ध गराउने, स्तनपान गराउने आमाका लागि दुग्धवर्द्धक जडीबुटी उपलब्ध गराउने र नगरवासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार रूपैयाँ राहत अनुदान उपलब्ध गराउने कार्यक्रम निरन्तर रहेको जानकारी दिए।

गृहिणीलाई स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको बताउँदै नगरप्रमुख पाण्डेयले यसले महिला र युवालाई सीप र रोजगारसँग जोड्ने पनि जानकारी दिए। रासस


प्रकाशित : शनिबार, पुस १४ २०८०१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend