आइतबार, चैत २४ गते २०८१     २३ : ५५ : १७
आइतबार, चैत २४ २०८१
images
images

ग्लोबल आईएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट

images
शनिबार, पुस १४ २०८०
images
images
ग्लोबल आईएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट

बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रूपैयाँभन्दा माथिको कारोबार रकममा एक हजार रूपैयाँको क्यासब्याक उपलब्ध हुनेछ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारहरुमा १७ प्रतिशतसम्म छुट तथा एक हजार रूपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। 

images
images

बैंकले बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुका लागि एक महिने यो सुविधा ल्याएको हो। पुस १६ देखि माघ १७ गतेसम्मको अवधिमा बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रूपैयाँभन्दा माथिको कारोबार रकममा एक हजार रूपैयाँको क्यासब्याक उपलब्ध हुनेछ।

images
images

साथै, वार्षिकोत्सवकै अवसरमा आफ्ना ग्राहकहरुलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरुले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १ सय ७० रूपैयाँसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

images
images

यो क्यासब्याक योजना पुस १७ गते देखि २३ गतेसम्म लागु हुने बैंकले जनाएको छ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लभान्वित गर्दै आएको छ। बैंकले हाल ७७ वटै जिल्लामा रहेका शाखा सञ्जालबाट सेवा दिँदै आएको छ।

३ सय ५५ शाखा, ३ सय ७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिएको बैंकले जनाएको छ।


प्रकाशित : शनिबार, पुस १४ २०८०१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend