बिहीबार , असोज ३ गते २०८१    
images
images

डिशहोममा चलचित्र 'नाइँ नभन्नु ल ६' प्रदर्शनमा

images
शनिबार, पुस १४ २०८०
images
images
डिशहोममा चलचित्र 'नाइँ नभन्नु ल ६' प्रदर्शनमा

विभिन्न कारणवश उक्त चलचित्र हलमा गएर हेर्न छुटाएका दर्शकले अब डिशहोममार्फत सपरिवार एकैसाथ घरैमा बसेर हेर्न सक्नेछन्।

images
images

काठमाडौं- वर्षभरि रिलिज भएका सुपरहिट नेपाली चलचित्रहरु टेलिभिजनमा देखाउँदै आएको डिशहोमले  चलचित्र 'नाइँ नभन्नु ल ६' प्रदर्शनमा ल्याएको छ। कलाकार आँचल शर्मा, सरोज खनाल, प्रियंका कार्कीलगायतका कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र 'नाइँ नभन्नु ल ६' डिशहोम सिनेमाघर च्यानल नम्बर १०८ मा शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

images
images
images

विभिन्न कारणवश उक्त चलचित्र हलमा गएर हेर्न छुटाएका दर्शकले अब डिशहोममार्फत सपरिवार एकैसाथ घरैमा बसेर हेर्न सक्नेछन्। सिनेमाघर च्यानल नम्बर १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्र १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाईमार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सक्छन्।

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँनयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नम्बर १०८ को टिकट नि:शुल्क पनि पाउन सकिनेछ। ३ महिना अथवा एक हजार रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३ सय २५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ६ सय ५० बराबरको २ वटा मुभी टिकट, १२ महिना र पाँच हजार वा सोभन्दा माथिको रिचार्जमा १३ सय रूपैयाँ बराबरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्ने डिशहोमले जनाएको छ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नम्बर १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबाइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुनेछ।

images

यो सेवाले नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ। 


प्रकाशित : शनिबार, पुस १४ २०८०१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend