शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

प्रधानसेनापतिको गर्जनपछि द्रुतमार्गमा पर्ने ४३ सय ४५ रुख काट्न सरकारको स्वीकृति

images
images
images
प्रधानसेनापतिको गर्जनपछि द्रुतमार्गमा पर्ने ४३ सय ४५ रुख काट्न सरकारको स्वीकृति

४ वटा रुख काट्न महिनौँ धाउँदा पनि काम हुँदैन अनि कसरी समयमा काम गर्न सकिन्छ? भन्ने प्रश्न प्रधान सेनापित शर्माले सांसदहरुलाई नै गरेका थिए।

images
images

काठमाडौं- सरकारले काठमाडौं-तराई-मधेश द्रुतमार्ग क्षेत्रमा पर्ने रुख कटानका लागि अनुमति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले द्रुतमार्ग आयोजना क्षेत्रमा पर्ने ४३ सय ४५ वटा रुख कटान गर्न स्वीकृति दिएको हो। 

images
images
images

अघिल्लो साता प्रधानसेनापति प्रभुराम शर्माले संसदीय समितिमा रुख कटान नहुँदा काम रोकिएको विषय गम्भीरताका साथ उठाएका थिए। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनामा समयमा काम नभएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए। 

images

उक्त प्रश्नको जवाफ दिँदै प्रधानसेनापति शर्माले ४ वटा रुख काट्न ९ महिनासम्म धाउँदा त्यो काट्न नसकिएको बताएका थिए। त्यसका लागि आफूले प्रधानमन्त्रीसम्मलाई भेट्दा पनि काम नभएको उनको गुनासो थियो। 

images

'४ वटा रुख काट्न महिनौँ धाउँदा पनि काम हुँदैन अनि कसरी समयमा काम गर्न सकिन्छ?' भन्ने प्रश्न प्रधानसेनापित शर्माले सांसदहरूलाई नै गरेका थिए। 

images
images

प्रधानसेनापति शर्माले त्यस्तो गुनासो गरेको अर्को साता बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना क्षेत्रमा पर्ने ४३ सय ४५ वटा रुख कटानको अनुमति दिएको हो। 

मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, 'काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाको सडक खण्ड निर्माणको लागि संलग्न सर्तहरूको पालना गर्नेगरि कमवानपुर र बारा जिल्लाको राष्ट्रिय वन क्षेत्रको जम्मा ४०.१९ पहेक्टर जग्गा प्रयोग गर्न र सो वनमा रहेका ४३ सय ४५ वटा रुख/पोल कटान गर्न स्वीकृति दिने।' 

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको भौतिक प्रगति २९ प्रतिशतमात्र रहेको छ। 

images

प्रकाशित : शुक्रबार, पुस १३ २०८००४:५१

प्रतिक्रिया दिनुहोस