शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

प्रधानमन्त्रीले छिटो काम गर्न निर्देशन दिएको सडक विस्तारमा ढिलाइ, चैतसम्म सक्नुपर्ने काम अहिलेसम्म १५ प्रतिशतमात्रै

images
बिजनेस न्युज
images
images
प्रधानमन्त्रीले छिटो काम गर्न निर्देशन दिएको सडक विस्तारमा ढिलाइ, चैतसम्म सक्नुपर्ने काम अहिलेसम्म १५ प्रतिशतमात्रै

आगामी चैत १९ गतेभित्र निर्माण सक्नुपर्ने उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग २० करोड १९ लाख रुपैयाँमा सम्झौता गरिएको हो।

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा चार किलोमिटर सडकखण्ड विस्तारको गति सुस्त भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कम्पनीलाई छिटो काम गर्न निर्देशन दिए पनि कामले गति लिन सकेको छैन। 

images
images
images

प्रधानमन्त्री दाहालले दुई हप्ताअघि निर्माण कम्पनीलाई कामलाई तीव्रता दिन निर्देशन दिएका थिए। 'प्रधानमन्त्रीले प्रशासनिक तहमार्फत निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो, तर निर्माण व्यवसायीले अटेर गरेको देखिन्छ', धुलिखेल नगरपालिका-८ का वडाध्यक्ष विनोद गौतमले भने। 

images

प्रधानमन्त्री दाहाल काभ्रेपलाञ्चोकको पाँचखालमा करिब तीन हप्ताअघि एक कार्यक्रममा आउँदा उनले सडकको अवस्था तथा विस्तारको कामलाई तीव्रता नदिएकोप्रति चासो दिएका थिए। केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल-खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको हो।

images

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नति सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो।

images
images

आगामी चैत १९ गतेभित्र निर्माण सक्नुपर्ने उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग २० करोड १९ लाख रुपैयाँमा सम्झौता गरिएको हो। निर्माण सुरु भएको १९ महिना बितिसक्दा जम्मा १५ प्रतिशत मात्रै काम भएको जनाइएको छ। 

उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी-पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता भएको थियो। कार्यालयका वरिष्ठ डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार सम्झौताअनुसार समयावधिको करिब ८७ प्रतिशत समय सकिँदा १५ प्रतिशत मात्रै काम हुनु  निर्माण कम्पनीको लापरबाही भएको बताए। 

डिभिजन कार्यालयले निर्माण कम्पनीलाई पटक-पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधे पनि कम्पनीले कुनै जवाफ नपठाएको उहाँको भनाइ छ। पत्रको बेवास्ता गरेपछि कार्यालयले पटक-पटक सार्वजनिक सूचना जारी गर्दै लिखित स्पष्टीकरण पेस गर्न कम्पनीलाई निर्देशन दिँदै आएको छ। 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पनि पटकपटक छलफल गराएको थियो। ती सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मतसम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि कामलाई तीव्रता दिइएको छैन। सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृतरुपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोप लगाउँदै आएका छन्। 

सडक धुलाम्मे हुँदा स्थानीयले सडकमा पाइपद्वारा पानी हाल्दा दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्नेलाई निकै कठिन हुने गरेको छ। पुनःनिर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीले गर्दा १९ महिनाको अवधिमा दुई सयभन्दा बढी दुर्घटनामा यात्री घाइते भएका छन्। 'समयमै काम नगरी यात्रीलाई सास्ती दिने निर्माण कम्पनीलाई हदैसम्मको कारबाही गर्नुपर्छ', पाँचखाल नगरपालिका-४ का राजन कार्कीले भने। 

निर्माण व्यवसायीले भने सडक विस्तार गर्नका लागि गत महिना दायाँबायाँका रुख काटेका थिए। त्यसपछि काम ठप्प प्रायः छ। हाल सडक मापदण्डभित्र पर्ने विद्युत्का खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेका छन्। उक्त क्षेत्रमा करिब एक सय विद्युत्को खम्बा सानुपर्ने देखिएको छ। 

तीन महिनाअघि चीनसँगको छोटोदूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ। हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् भने दैनिक दुई हजार पाँच सय मालवाहाक सवारी गुड्ने गर्दछन्। रासस

images

प्रकाशित : शुक्रबार, पुस १३ २०८००१:५०
प्रतिक्रिया दिनुहोस