आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

मध्यपहाडीमा काम नगर्ने भारतीयसहितका निर्माण कम्पनी कालोसूचीमा

images
बिहीबार , पुस १२ २०८०
images
images
मध्यपहाडीमा काम नगर्ने भारतीयसहितका निर्माण कम्पनी कालोसूचीमा

मध्यपहाडी राजमार्ग निर्देशनालय अन्तर्गतको राजमार्ग आयोजना कार्यालय कुस्माले लगाएको ठेक्का एमपी/एससीएफ/ईसीसी जेभीले पाएको थियो।

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई वटा ठेक्कामा काम नगर्ने निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। 

images
images
images

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै दुई वटा अलगअलत ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो। 

images

भारतीय निर्माण कम्पनी एमपी सितानी एन्ड सन्ससहित अन्य दुई नेपाली निर्माण कम्पनीको जेभीमा मध्यपहाडी राजमार्गको ठेक्का लिएका थिए। मध्यपहाडी राजमार्ग निर्देशनालय अन्तर्गतको राजमार्ग आयोजना कार्यालय कुस्माले लगाएको ठेक्का एमपी/एससीएफ/ईसीसी जेभीले पाएको थियो। 

images
images
images

उक्त जेभीमा भारतीयसहित सूर्य कन्स्ट्रक्सन फर्म र एलिट कन्स्ट्रक्सन फर्म थिए। यो जेभीलाई आयोाजना कार्यालयको सिफरिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ३ वर्षका लागि कालोसूचीमा राखेको हो। 

त्यस्तै पोखरा महानगरपालिकाको सिफारिसमा कार्यालयले समयमा काम नगर्ने भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई पनि कालोसूचीमा राखेको छ। यो कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको हो। 

कालोसूची अवधिभर यी कम्पनीहरुले सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्। कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा  बमोजिम पुस ११ गतेको निर्णयअनुसार कालोसूचीमा राखेको जनाएको छ। 


प्रकाशित : बिहीबार , पुस १२ २०८०१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend