आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

चितवनका किसान नगदेबालीतर्फ आकर्षित

images
बुधबार, पुस ११ २०८०
images
चितवनका किसान नगदेबालीतर्फ आकर्षित

गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिक टन तोरी उत्पादन भएको थियो। यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने अनुमान गरिएको छ।

images
images

चितवन- चितवनका किसान पछिल्लो समय नगदेबाली तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन्।

images
images
images

माडी नगरपालिका-३ का ओमप्रकाश महतो विगत पाँच वर्षदेखि तोरीखेती गर्दै आएका छन्। उनले यसभन्दा पहिला धान भित्र्याएपछि गहुँ र आलुखेती गर्दै आएका थिए। महतोले अहिले आफ्नो १० कट्ठा र भाडामा लिएको १० कट्ठा जग्गामा तोरीखेती गर्दै आएका छन्। उनले भने, 'जंगली जनावरले तोरीबालीलाई कम क्षति गर्ने भएकाले यसमा जोड दिएका हौँ।'

images
images

यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबाली क्षति गर्ने गर्दछन्। अहिले माडीमा तोरी टन्न फलेको छ। महतोले भने, 'हाम्रो गाउँमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरी खेती गरिएको छ। तोरी छिटो पाक्ने तथा उचित मूल्य पनि पाइने भएकाले सबैले तोरीबाली लगाउने गरेका छन्।'

images
images

यस्तै खैरहनी नगरपालिका-१२ का नवीनकुमार श्रेष्ठ विगत दुई वर्षदेखि तोरीखेती गर्दै आएका छन्। उनले १६ कट्ठा जग्गामा तोरीखेती गर्दै आएका छन्। पानी कम लाग्ने र जनावरले समेत असर कम गर्ने भएपछि तोरीखेती गर्न थालेको उनको भनाइ छ।श्रेष्ठले भने, 'गहुँ र मुसुरो खेती ढिला पाक्छ, त्यसैले तोरी खेती गरेको हुँ।'

तोरी थन्काएपछि सोही बारीमा खर्बुजा खेती गर्ने योजनामा रहेको उनले सुनाए। तोरीले मूल्य पनि राम्रो पाउने भएकाले यो खेती गरिएको भए पनि अहिले बजार सुस्त हुँदा मूल्य घट्छ कि भन्ने चिन्ता लाग्ने गरेको श्रेष्ठको भनाइ छ।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ। यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो। गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताए। उनका अनुसार यो क्षेत्रफल गत वर्षको तुलनामा सात हजार ८५ हेक्टरले बढी हो। गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिक टन तोरी उत्पादन भएको थियो। यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ छ।

बर्खे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरी खेती गरिएको छ। तोरी बाली छिटो पाक्ने, चैते धान लगाउन सहज हुने नगदे बाली भएकाले किसानको ध्यान यस बालीतर्फ गएको योजना अधिकृत अर्यालले बताए। उनले भने, 'यस वर्ष मुसुरो र गहुँ बालीलाई समेत तेलहन बालीले विस्थापित गरेको छ।'

जिल्लामा गत वर्ष तीन हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ र एक हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएको थियो। अहिले कहीँ कतै मात्रै यी बाली लगाइएको पाइएको योजना अधिकृत अर्यालले बताए। तेलहन बाली प्रवद्र्धनका लागि सरकारले समेत कार्यक्रम बनाएको हुँदा यसतर्फ आकर्षण बढेको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, पुस ११ २०८०१७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend