आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

व्यवसायमैत्री वातावरणमा असर गरेको भन्दै डेडिकेटेड र ट्रंकलाइनका सम्बन्धमा समाधान खोज्न चेम्बरको आग्रह

images
मंगलबार, पुस १० २०८०
images
images
व्यवसायमैत्री वातावरणमा असर गरेको भन्दै डेडिकेटेड र ट्रंकलाइनका सम्बन्धमा समाधान खोज्न चेम्बरको आग्रह

लामो समयदेखि शिथिलताबाट गुज्रँदै आएको अर्थतन्त्रलाई निकास दिनुको विकल्प नभएको यथार्थबीच तत्काल समाधान खोज्न र विवाद थप अघि नबढाउन पनि चेम्बरले सुझाव दिएको छ।

images
images

काठमाडौं- डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्बन्धित पक्षसँग नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ।

images
images
images

लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलबारे विद्युत प्राधिरण र उद्योगीबीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायमैत्री वातावरणमा असर गर्ने चेम्बरले उल्लेख गरेको छ।

images

चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्युत प्राधिकरण र व्यवसायीबीच पछिल्लो समय देखिएको मतभिन्नताप्रति चेम्बरको ध्यानाकर्षण भएको छ, उद्योगमैत्री वातावरण र लगानीम समेत यसले असर गर्ने निश्चित छ।’

images
images
images

प्राधिकरण र उद्योगीबीच देखिएको समस्या समाधान नभए यसले रोजगारी र राजश्व संकलनमा समेत असर गर्ने चेम्बरको ठहर छ। महसुल सम्बन्धमा न्यायोजित समाधान खोज्न वित्तीय र प्राविधिकसहितको छानबीन समिति बनाउन पनि चेम्बरले आग्रह गरेको छ ।

लगानी र व्यवसायमैत्री वातावरण सिर्जना गर्नका लागि सरकार र निजीक्षेत्र दुवैको उत्तिकै भूमिका भएकाले न्यायोचित समाधान गरेर अघि बढ्न चेम्बरले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो।

लामो समयदेखि शिथिलताबाट गुज्रँदै आएको अर्थतन्त्रलाई निकास दिनुको विकल्प नभएको यथार्थबीच तत्काल समाधान खोज्न र विवाद थप अघि नबढाउन पनि चेम्बरले सुझाव दिएको छ। 


प्रकाशित : मंगलबार, पुस १० २०८०१५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend