आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

दुर्गम गाउँ लेखानीमा विकासले लिँदैछ गति

images
सोमबार, पुस ९ २०८०
images
images
दुर्गम गाउँ लेखानीमा विकासले लिँदैछ गति

पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ। चालु आर्थिक वर्षमा यस वडामा सात करोड ३३ लाख ६४ हजार रूपैयाँको योजना कार्यान्वयनको चरणमा रहेको छ।

images
images

बागलुङ- काठेखोला गाउँपालिका-८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो। पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ। 

images
images
images

चालु आर्थिक वर्षमा यस वडामा सात करोड ३३ लाख ६४ हजार रूपैयाँको योजना कार्यान्वयनको चरणमा रहेको छ। २५ वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र संघीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन्।

images

लेखानीमा विनियोजित रकममध्ये पाँच करोड ५५ लाख रूपैयाँ संघीय र ९० लाख प्रदेश सरकारबाट तथा ८८ लाख ६४ हजार रूपैयाँ काठेखोला गाउँपालिकाबाट विनियोजन भएको गाउँपालिका कार्यालयले जनाएको छ।

images
images
images

चालु आवमा पदमार्गका नौ योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट गरी ५८ लाख ७४ हजार चार सय रूपैयाँ विनियोजन भएको काठेखोला-८ का वडाध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिए। उनका अनुसार मोटरबाटो निर्माणका लागि ६ योजनामा गाउँपालिका, गण्डकी प्रदेश र संघीय सरकारको गरी पाँच करोड ९९ लाख बजेट व्यवस्थापन भएको हो।

दुई खेल मैदान निर्माणका लागि चालु आवमा काठेखोला र गण्डकी प्रदेशले लेखानीमा १४ लाख रूपैयाँ विनियोजन गरेका छन् भने विद्यालय सुधार तथा गुणस्तरीय शिक्षा कार्यक्रमका लागि गण्डकी प्रदेशबाट पाँच लाख रूपैयाँ प्राप्त हुनेछ।

सिँचाइ तथा खानेपानीका लागि प्रदेश र गाउँपालिकाको १२ लाख रूपैयाँ, पोखरी तथा ताल निर्माणका दुई योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट ११ लाख रूपैयाँ, वातावरण संरक्षण तथा झाँडी सरसफाइका लागि गाउँपालिका र संघीय सरकारबाट २३ लाख ९० हजार रूपैयाँ बजेट विनियोजन भएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि गाउँपालिकाले १० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। सबैभन्दा ठूलो रकम संघीय सरकारबाट सुल्डाँडा लेखानी सेतीचौर देउराली सडक स्तरोन्नतिका लागि पाँच करोड रूपैयाँ विनियोजन भएको प्रवक्ता विकले बताए।

ओखले कोटपखेरा बराहथान पहिरो नियन्त्रणका लागि २० लाख रूपैयाँ र थाननेटा गाजा दह हुँदै शान्तिपुर जोड्ने सडक निर्माणका लागि संघीय सरकारबाट ३५ लाख रूपैयाँ विनियोजन भएको वडाध्यक्ष कँडेलले जानकारी दिए।

सुल्डाँडा लेखानी सेतीचौर देउराल सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट २५ लाख रूपैयाँ, लेखानी प्रावि हुँदै भट्टेबारी पदमार्गका लागि पाँच लाख रूपैयाँ, काशीराम छन्त्याल प्रावि मर्मतका लागि पाँच लाख रूपैयाँ, सेतीचौर जलाशय निर्माणका लागि १० लाख रूपैयाँ विनियोजन भएको छ।

त्यस्तै, प्रदेश सरकारबाटै फार्सलखोला कोलेलीडाँडा सिँचाइ कुलोका लागि १० लाख रूपैयाँ, कादेश आधारभूत विद्यालय खेलमैदान निर्माण गर्न पाँच लाख रूपैयाँ र कादेश चित्रेदेउराली सडक निर्माण गर्न ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष कँडेलले जानकारी दिए।

उनका अनुसार काठेखोला गाउँपालिकाबाट भुमेचौर गौडा हुँदै कादेश मोटरबाटोका लागि आठ लाख रूपैयाँ, रोगालखोला माटखत्री पातल पदमार्ग निर्माण गर्न नौ लाख ७४ हजार रूपैयाँ, सिमथानदेखि डैलेखानी घुम्तीसम्म पदमार्गलाई नौ लाख रूपैयाँ, भुमेचौर माईस्थान च्यानडाँडा हुँदै उपल्लाथर पदमार्ग निर्माण गर्न नौ लाख रूपैयाँ विनियोजन भएको छ।

झाँडी तथा रुख कटानका लागि काठेखोलाबाट तीन लाख ९० हजार, कादेश खानेपानी योजना मर्मतका लागि दुई लाख रूपैयाँ, भुमेचौर खेलमैदान निर्माण गर्न नौ लाख रूपैयाँ, छेडादेखि वडा कार्यालयसम्म पदमार्गका लागि १० लाख रूपैयाँ, झरुवापाटा भिरकुना पदमार्गका लागि चार लाख रूपैयाँ विनियोजन गरिएको कँडेलले बताए।

पीपलबोट भ्यूटावर सेतीचौर पदमार्गलाई चार लाख, सेतीचौर कुटाखर्क हलहले पदमार्गलाई चार लाख, सडक मर्मत सुधार योजनाका लागि चार लाख, पुच्छरघर माईथान पदमार्गलाई चार लाख, खाली पोखरी निर्माणका लागि एक लाख र लेखानी स्वास्थ्यचौकी ट्रस निर्माणका तथा मर्मत योजनाका लागि १० लाख विनियोजन भएको कँडेलले जानकारी दिए। उनका अनुसार लेखानीले यसपटक गाउँपालिकाको बजेटबाट १५ वटा योजना बनाएको छ।

थोरै योजना बनाएर देखिनेगरी बजेट खर्चनुपर्ने वडाध्यक्ष कँडेलले बताए। यस आवमा गाउँपालिकाले दसैँको छेको पारेर योजना सम्झौतासहितको एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो। काठेखोला-८ लेखानीले भने त्यसअगावै उपभोक्ता समिति गठन गरेर अधिकांश योजना सम्झौता गरेर कार्यान्वयनको चरणमा पुगिसकेको जनाएको छ।

'अहिलेसम्म यस वडामा जनचाहनाअनुसार विकास हुन सकेको थिएन। विकासका लागि धेरै बजेट चाहिन्छ, गाउँपालिकाको बजेट मात्रै कुरेर बस्ने हो भने काम गर्नै सकिन्न', वडाध्यक्ष कँडेलले भने, 'पालिकामा आउने सीमित बजेट हुन्छ, प्रदेश र संघीय सरकारबाट योजना पार्नसके मात्रै काम देखिने हो। अहिले प्रदेश र संघीय सरकारबाट योजना परेसँगै बजेट पनि ल्याउन सकिएको छ। अब विकासले फड्को मार्नेछ।'

गाउँपालिकाका प्रवक्ता विकले वडा नं ८ पछिल्लो समय अब्बल वडा बन्दै गएको बताए। यस वडामा विगतदेखि स-साना योजना परेर काम भए पनि ठूला विकास निर्माण भने कम भएको उनको भनाइ थियो। पालिकाले सबै वडालाई समानुपातिकरुपमा बजेट विनियोजन गर्दै आएको प्रवक्ता विकले बताए। रासस 


प्रकाशित : सोमबार, पुस ९ २०८०१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend