आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन पर्यटन तथा हवाई यातायात समितिको माग

images
आइतबार, पुस ८ २०८०
images
images
होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन पर्यटन तथा हवाई यातायात समितिको माग

विदेशी ब्राण्डहरुले रोयल्टीबापत कुल बिक्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको हुँदा सो सम्बन्धमा समेत सहजीकरण गरिदिन पनि माग गरिएको छ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग गरेको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योगसरहको सेवा सुविधा प्रदान गर्न माग गरिएको हो।

images
images
images

महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) को नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्‍याउने महत्वपूर्ण व्यवसाय तथा होटल क्षेत्रलाई 'औद्योगिक व्यवसाय ऐन २०७६' मा पर्यटनमा मात्र वर्गीकरण गरिएको भन्दै अबका दिनमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको छ।

images

यस्तै महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डहरुले रोयल्टीबापत कुल बिक्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको हुँदा सो सम्बन्धमा समेत सहजीकरण गरिदिन माग गरेको छ।

images
images
images

हाल ऐनमा विदेशी ब्राण्डहरुले रोयल्टीबापत कुल बिक्रीको ५ प्रतिशतभन्दा बढी नहुने गरी मात्र रोयल्टी लैजान पाउने प्रावधानले मुलुकमा अन्तर्राष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहेको भन्दै सो सम्बन्धमा तत्काल सहजीकरण गरिदिन माग गरिएको हो। अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशतभन्दा कम मूल्यमा सञ्चालन गर्न नचाहने हुँदा विदेशी लगानी नेपाल भित्रिन तयार नरहने र हाल सञ्चालनमा रहेका होटलहरुबाट पनि बाहिरिने अवस्था सिर्जना भएको महासंघले जनाएको छ।

होटल व्यवसायको सम्बन्धमा समितिका सभापति बस्नेतले होटल व्यवसायसम्बन्धी विभिन्न संघ संस्थाहरुबाट आएको सुझावका आधारमा प्रतिवेदन तयार पारेर यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएका थिए। सोहीअनुरुप उद्योग मन्त्रालयले कात्तिक अन्तिम साता मन्त्रीस्तरी निर्णय गर्दै रोयल्टीमा देखिएको समस्या समाधानका लागि समेत ऐन परिमार्जन गर्ने निर्णय गरिसकेको छ।

साथै उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई पुस १ गते पत्र लेख्दै होटल व्यवसायलाई पर्यटनमूलक उद्योगको वर्गमा पर्ने तारे होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा समावेश गर्नेगरी औद्योगिक व्यवसाय ऐनमा थप गर्न राय माग गरेको छ।

सोहीअनुरुप महासंघले अर्थमन्त्री महतलाई भेटेर होटल क्षेत्रले ठूलो पुँजी लगानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मुलुकको कुल गार्हस्थ उत्पादनमा समेत टेवा भन्दै सरकारको तर्फतबाट नीतिगत तहमा सहजीकरण गरिदिनुपर्ने माग अघि सारेका छन्। 

भेटमा अर्थमन्त्री महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफूले अध्ययन गरेर सकारात्मक नतिजा दिने प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्रीसँगको भेटमा उपाध्यक्ष ढकाल, समितिका सभापति बस्नेत, प्रतिष्ठित होटल व्यवसायी शशीकान्त अग्रवाल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलगायतका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो।


प्रकाशित : आइतबार, पुस ८ २०८०१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend