आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

५० प्रतिशत अनुदानमा हल्दुखालका ३५ किसानलाई पावर टिलर वितरण

images
आइतबार, पुस ८ २०८०
images
images
५० प्रतिशत अनुदानमा हल्दुखालका ३५ किसानलाई पावर टिलर वितरण

किसानले अनुदानमा एक लाख २५ हजार रूपैयाँको लागतमा ट्र्याक्टर पाएका हुन्। यसले काम गर्न सहज हुने किसान बताउँछन्।

images
images

बेदकोट- कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ। संघीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो।

images
images
images

एक कार्यक्रमकाबीच पूर्वसांसद डा दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गरे। कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्र्याक्टरले सहजता थप्ने उनले विश्वास व्यक्त गरे।

images

भीमदत्त नगरपालिका-७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्र्याक्टर वितरण गरिएको बताए। 'पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ। यो ट्र्याक्टर कृषकले आधा सहुलियतमा पाएका हुन्', उनले भने, 'कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यले अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो।'

images
images
images

अनुदानमा ट्र्याक्टर पाएपछि किसान खुसी भएका छन्। खेत जोत्नका लागि अनुदानमा ट्र्याक्टर पाएपछि निकै सहज हुने भीमदत्त-७ का स्थानीय खेमराज भट्टले बताए। 'गोरु वा भाडामा ट्र्याक्टर ल्याएर खेत जोत्नुपर्थ्यो, अब त्यो बाध्यता हट्नेछ', उनले भने, 'खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्र्याक्टर पाउँदा निकै खुसी लागेको छ।'

किसानले अनुदानमा एक लाख २५ हजार रूपैयाँको लागतमा ट्र्याक्टर पाएका हुन्। 'बजारमा किन्दा साढे दुईदेखि तीन लाख रूपैयाँसम्म पर्थ्यो, किन्न सकिने अवस्था थिएन', उनले भने, 'बजार मूल्यको आधा सहुलियमा घरमै ट्र्याक्टर पाएका छौँ, यसबाट हामीजस्ता किसानलाई सहज भएको छ, यसले उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ।' रासस


प्रकाशित : आइतबार, पुस ८ २०८०१३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend