बिहीबार , असोज ३ गते २०८१    
images
images

विभिन्न सामाजिक कार्य गरी लक्ष्मी ग्रुपले मनायो ५०औँ वार्षिकोत्सव

images
आइतबार, पुस ८ २०८०
images
images
विभिन्न सामाजिक कार्य गरी लक्ष्मी ग्रुपले मनायो ५०औँ वार्षिकोत्सव

प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुपले आफ्नो ५०औँ वार्षिकोत्सव मनाएको छ।

images
images

काठमाडौं- प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुपले आफ्नो ५०औँ वार्षिकोत्सव मनाएको छ। यस अवसरमा ग्रुपअन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० जनाभन्दा बढी बाल बालिकालाई स्टेशनरी र अन्य सामग्रीहरु सेन्टरको मागअनुसार उपलब्ध गरएको थियो।

images
images
images

हुन्डाई नेपालले हुन्डाई मोटर कम्पनीको मोबिलिटीसँग सबैलाई जोड्ने उद्देश्यप्रति ऐक्यबद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ। मोबिलिटी सबैको आधारभूत आवश्यकता भन्ने मान्यतासहित कम्पनीले मस्तिष्कघात भएका बाल बालिकाहरुलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यहरु गर्दै आएको छ।

लक्ष्मी ग्रुप र यसअन्तर्गतका विभिन्न संस्थाले यस अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेका छन्। आफ्नो परम्परालाई निरन्तरता दिँदै लक्ष्मी ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो जसमा एक सयभन्दा बढी कर्मचारीहरुले सहभागिता जनाएका थिए।

लक्ष्मी ग्रुप अन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन गरेको थियो। लक्ष्मी ग्रुपअन्तर्गतको प्रतिष्ठित कम्पनी सुजल डेरीले काठमाडौंस्थित गैरीधारामा रहेको होप हेरिटेज इल्डर केयरमा दिवा खाजा आयोजना गरेको थियो।

images

आफ्नो परोपकारी कार्यलाई विस्तार गर्दै सुजल फुड्सले पनि चाइल्ड प्रोटेक्सन होम र डिसेबल्ड सर्भिस एसोसिएसनका  व्यक्तिहरूलाई आफ्नो उत्पादनका चकलेट, स्टेसनरी र खेलकुदका सामानहरू वितरण गरी खुशी बाँड्ने प्रयास गरेको थियो।

त्यसैगरी, सफल फुड्सको ब्राण्ड लभबर्ड आइसक्रिमले जोरपाटीको अत्तरखेलस्थित 'सीडब्लुईएफ' मा खाजासहित रमाइलो कार्यक्रम आयोजना गरेको थियो। आइसक्रिम, खीर, पनिर तरकारी, स्टेसनरी सामान र खेलकुदलगायतका सामग्री दिँदा आनन्द र एकताको क्षणहरू सिर्जना भएको लक्ष्मी ग्रुपले जनाएको छ।

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री वितरण र होम एप्लायन्सेसलगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ।


प्रकाशित : आइतबार, पुस ८ २०८०१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend