आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

मेलम्चीको सुरूङ आंशिक खोलियो

images
आइतबार, पुस ८ २०८०
images
images
मेलम्चीको सुरूङ आंशिक खोलियो

विस्तृत प्राविधिक विश्लेषणपछि शनिबारदेखि नै  दैनिक १ करोड लिटर प्रति दिनका दरले सुरूङबाट काठमाडौं का लागि केहि दिनसम्म खानेपानी उपलब्ध गराउन सकिने निष्कर्ष निकालिएको मन्त्रालयले जानकारी दिएको छ। सुरूङभित्रै रसाएर जम्मा भएको पानीबाट यो खोलिएको हो।

images
images

काठमाडौंगएको असारदेखि बन्द गरिएको मेलम्ची खानेपानीको सुरुङ आंशिक रुपमा खोलिएको छ। 

images
images
images

सुरूङभित्रै जम्मा भएको पानीको प्रेशर नखस्किनेगरि आंशिक रुपमा खोलिएको हो। खानेपानी मन्त्रालयका सचिव एवं मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष सुरेश आचार्यको नेतृत्वमा स्थलगत अवलोकनमा गएको प्राविधिकहरूको रोहबरमा सुरूङबाट सीमितमात्रामा पानी खोलिएको हो। 

images

टोलीले सुन्दरीजल स्थित पानी प्रशोधनशालाको निरीक्षण अनुगमन भ्रमण गर्दै मेलम्ची नदिको पानी पथान्तरणको लागि अम्बाथान हेडवर्क्समा हुँदै गरेको मर्मतसम्भार अवधिको दौरान मेलम्चीको सुरुङबाट काठमाडौं उपत्यकावासीलाई तत्कालै केहि मात्रामा खानेपानी उपलब्ध गराउनका लागि शनिबार अवलोकन गरेको थियो। 

images
images
images

विस्तृत प्राविधिक विश्लेषणपछि शनिबारदेखि नै  दैनिक १ करोड लिटर प्रति दिनका दरले सुरूङबाट काठमाडौं का लागि केहि दिनसम्म खानेपानी उपलब्ध गराउन सकिने निष्कर्ष निकालिएको मन्त्रालयले जानकारी दिएको छ। सुरूङभित्रै रसाएर जम्मा भएको पानीबाट यो खोलिएको हो। 

तत्काल सुरूङबाट दिनसकिने यो पानीको मात्रा लामो अवधिसम्म दिन सकिने वा नसकिने भन्ने विषयमा यकिन भने भएको छैन। 

सुरूङभित्रको प्रेशर चाहिनेभन्दा तल नखस्केर स्थिर रहेमा यो पानीले निरन्तरता पाउनेछ भने खस्किएको अवस्थामा भने फेरि बन्द हुनेछ। सुरूङको अम्बाथान पोर्टलभित्र, ग्याल्थुम अडिट, सिन्धु अडिट र सुन्दरीजल गेट अवस्थित चार स्थानमा जडित पानीको चाप मापक यन्त्रमा नियमित चाप (प्रेशर)को निगरानीबाट यो प्रेसर तय हुनेछ। 

बन्द गर्नैपर्ने अवस्था नआउञ्जेल दैनिक १ करोड लिटरका दरले सुरूङबाट पानी उपलब्ध हुनेछ। 

हाल धाप बाँधबाट प्रतिदिन २ करोड लिटरका दरले शनिबारसम्म ३० करोड लिटर पानी सापटी लिई काठमाडौंमा बितरण गरिसकिएको र थप ३० करोड लिटर पानी सापटी लिन आयोजनाको टिम प्रयासरत रहेको मन्त्रालयले जानकारी दिएको छ। शनिबारदेखि मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट दैनिक एक करोड लिटर पानी थप गर्दा दैनिक ३ करोड लिटर पानी काठमाडौं मा वितरण गर्न सकिने अवस्था आएको मन्त्रालयले जानकारी दिएको छ। 

गत असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्चीको पानी सञ्चालन बन्द गरिएको थियो। गत साउन २८ र २९ गते मेलम्चीमा बाढी आएपछि पुनः हेडवर्क्स पुरिएकाले पानी पठाउन समस्या भएको थियो। पथान्तरण नहुँदासम्म पूर्ण क्षमता पानी आउने निश्चित भएको छैन। यसअघि मन्त्रालयले अबको १ महिनाभित्र पूर्ण क्षमतामा सुरुङबाट पानी आउने जानकारी दिएको थियो। 


प्रकाशित : आइतबार, पुस ८ २०८००९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend