बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

सिञ्जामा एक करोड ७३ लाख लागतमा खानेपानी आयोजना निर्माण हुँदै

images
शनिबार, पुस ७ २०८०
images
images
सिञ्जामा एक करोड ७३ लाख लागतमा खानेपानी आयोजना निर्माण हुँदै
फाइल तस्बिर

उक्त खानेपानी आयोजनाबाट सिञ्जा-१ का करिब दुई सय घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

images
images

जुम्ला- सिञ्जा गाउँपालिका पालिकाभित्रका सबै वडामा एक घर एक धारा निर्माणमा जुटेको छ। पालिकाको वडा नम्बर १ मा एक करोड ७३ लाख ८३ हजार रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

images
images

वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ। गाउँपालिका अध्यक्ष धितालले भने, 'अब ठेक्काको काम सकिएपछि गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढ्ने भएको छ।' संघीय सरकारको विशेष अनुदानबाट सिञ्जाका सबै गाउँमा पाँच वर्षभित्र खानेपानी पुर्‍याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धितालले बताए।

images
images

यो आर्थिक वर्षको असारभित्र खानेपानी आयोजना निर्माण सम्पन्न हुने भएको छ। वडा नं ३ मा सुस्वा परियोजनाबाट एक घर एक धारा खानेपानी आयोजनाको कामसमेत अगाडि बढेको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ। क्रमशः अर्को वर्ष अरु वडामा समेत घर घरमै खानेपानी पुर्‍याइने भएको छ। उक्त खानेपानी आयोजनाबाट सिञ्जा-१ का करिब दुई सय घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए।

images
images
images

वडा नं १ मा निर्माण हुने आयोजनाबाट गाउँमा एक सय नौ खानेपानीका धारा निर्माण हुने गाउँपालिकाका इन्जिनियर राजकुमार भट्टले बताए। खानेपानीको सहज सुविधा पुर्‍याउने गरी खानेपानी आयोजना निर्माणको काम अबको केही सातापछि बोलपत्रको मूल्यांकनको काम सकिएपछि निर्माण आयोजनाको काम तीव्रगतिमा अगाडि बढ्ने गाउँपालिका इन्जिनियर भट्टको भनाइ छ।

नीति तथा कार्यक्रममा खानेपानीलाई विशेष प्रथामिकतामा राखेर गाउँपालिकाले काम गरेको गाउँपालिका सूचना अधिकारी मित्रलाल धितालले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, पुस ७ २०८०१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend