आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

खैरहनी नगरपालिकाले घटायो प्रशासनिक खर्च

images
शनिबार, पुस ७ २०८०
images
images
खैरहनी नगरपालिकाले घटायो प्रशासनिक खर्च

चालु खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनामा विनियोजन गरिएको छ।

images
images

चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधनसहित पारित गरेको छ। शुक्रबार सम्पन्न चौधौँ नगरसभाले चालु खर्चतर्फ एक करोड नौ लाख रूपैयाँ बजेट घटाएको हो।

images
images
images

नगरप्रमुख शशीकुमार खनियाका अनुसार चालु खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनामा विनियोजन गरिएको छ। विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै नगरवासीको जनआकांक्षा सम्बोधन गर्न प्रशासनिक खर्च कटौती गरिएको नगरप्रमुख खनियाले बताए।

images

नगरसभाबाट पारित भएका महत्वपूर्ण निर्णयको जानकारी गराउँदै नगरप्रमुख खनियाले खैरहनी नगरवासीले उपचारको लागि रगत लिन रक्त सञ्चार केन्द्रलाई बुझाउनुपर्ने शुल्क नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको जानकारी दिए।

images
images
images

चालु आवको साउन महिनामा सम्पन्न दोस्रो नगरसभाले चालु खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चको व्यय अनुमान ११ करोड ९९ लाख रूपैयाँ विनियोजन गरेकामा चौधौँ नगरसभाले सो अनुमानित बजेट घटाएर १० करोड ९९ लाख रूपैयाँ कायम गरेको छ। विभिन्न नगरस्तरीय कार्यक्रमको व्यय अनुमान ४९ लाख २५ हजार रूपैयाँलाई रकमान्तर गरी ४० लाख २५ हजार रूपैयाँ कायम गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताए।

नगरसभामा उपप्रमुख  उप्रेतीद्वारा पेस भएको तेह्रौँ नगरसभाबाट स्वीकृत आव २०८०/८१ को बजेट, योजना तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र विभिन्न राजस्वका दरहरूलाई संशोधनसम्बन्धी प्रस्तावसभासमक्ष पेश भई सर्वसम्मतरुपमा पारित गरिएको छ।

खैरहनी नगरपालिकाको चौधौँ नगरसभामा कार्यपालिकाले चालु आव साउनदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्नेसम्बन्धी प्रस्ताव, खैरहनी नगर अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, पुस ७ २०८०१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend